
काठमाडौं। काठमाडौंको मुटुमा रहेको शंकरदेव क्याम्पसमा क्याम्पस प्रमुख र स्वतन्त्र विद्यार्थी युनियनका सभापतिको मिलेमतोमा लाखौं रुपैयाँ अनियमितता गरेको खुलेको छ।
शंकरदेव क्याम्पस प्रमुख डा.कृष्णप्रसाद आचार्य र स्वतन्त्र विद्यार्थी युनियनका सभापति सुसान्त बस्नेत र स्ववियू पदाधिकारीको मिलेमतोमा अनियमिता गरेको भेटिएको हो।
क्याम्पसमा २०८० साल भदौ २०देखि २५ गतेसम्म संचालन भएको वास्केट बल प्रतियोगितामा टि सर्ट र जुत्ता सेट खरिद गरेको भनी क्याम्पसको लेखा शाखाले फागुन १३ गते ४ लाख १७ हजार २४५ रुपैयाँ विल नम्वर ०००७०० बाट भुक्तानी गरिएको देखाइएको छ।
भदौ २५ गते सम्पन्न भएको भनिएको प्रतियोगिताको बिल भुक्तनी साडे पाँच महिनापछि भुक्तानी गरिनुले शंका उब्जाएको छ।
किनकी त्यसअघि पनि क्याम्पसको लेखा शाखबाट माघ महिनामा मात्र विभिन्न खेलकुदसहित अन्य शीर्षकमा सात पटकमा आठ लाख ५८ हजार ५९६ रुपैयाँ भुक्ताी गरेको देखिन्छ। तर चार महिनाअघि खर्च भएको भनिएको चार लाख १७ हजार रुपैयाँको बिल भुक्तानी गरिएको पाइँदैन।
सो बास्केटवल प्रतियोगिता नेपाल विद्यार्थी संघ शंकरदेव क्याम्पस इकाई समितिले आयोजना गरिएको दाबी गरिएको छ। तर शंकरदेव इकाई समितिका अध्यक्ष सन्देश खाँणले त्यस्तो प्रतियोगिता नेविसंघले आयोजना नै नगरेको बताउँछन्।
यता क्याम्पस प्रशासनले भने नेपाल विद्यार्थी संघ शंकरदेव क्याम्पस इकाई समितिको नक्कली लेटर प्याडमा मिति नखुलाईको निवेदनमा भुक्तानी सिफारिसका लागि क्याम्पस प्रमुख आचार्यले नै तोक लगाएका छन्।

नेविसंघको तर्फबाट वास्केट वल प्रतियोगिता आयोजना गरिएकोमा त्यसको भुक्तानीको लागि निवेदन भने दिपेश खत्रीले दिएका छन्। तर नेविसंघ शंकरदेव इकाई सभापति खाँणले दिपेश खत्री नेविसंघको प्रतिनिधि नभएको स्पष्ट पारेका छन्।
त्यस्तै, क्याम्पसले नेपाल रेडक्रसको नाममा गत चैत ३० गते विल नं. ०००९६५ मार्फत ९८ हजार ६०० रुपैयाँ भुक्तानी गरिएको देखाइएको छ।
क्याम्पसमा अध्ययनरत विद्यार्थी भनिएका समिरजंग बस्नेत कलेजको रेडक्रस सोइसाइटीका अध्यक्ष हुन्।
रेडक्रसका सचिव नलिनराज तिमल्सिना शंकरदेव क्याम्पस अध्ययन पुरा गरी हाल त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा अध्ययनरत छन्।
रेडक्रसले काम गरेको भन्दै क्याम्पसले लामिछानेको निवेदनको आधारमा करिव ९८ हजार रुपैयाँ निकासा दिएको बताइन्छ।
त्यस्तै गत चैत ३० गते मात्र क्याम्पस प्रमुख र स्ववियूको सहमतिमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको नाममा करिव ३० हजार ४५६ रुपैयाँ भुक्तानी गरिएको छ । तर, यो रकम कुन संगठनलाई दिएइएको हो भन्ने प्रष्ट छैन।
अचम्मको घटना त यस्तो छ कि फागु पूर्णीयाको दिन कलेज सार्वजनिक विदा हुने गर्छ । तर कलेज प्रशासनले त्यही विदाको मौका छोपेर गत चैत १९ गते ‘होली पर्व’ शीर्षकमा विल नं.०००९०३ बाट चार लाख ५८० रुपैयाँ भुक्तानी गरिसकेको छ।
तर, कलेजमा अध्ययनरत विद्यार्थीहरु भने होली पर्बमा कलेजले कुनै औपचारिक कार्यक्रम गरेको जानकारी नपाएको बताउँछन्।
क्याम्पस प्रशासन र प्रमुख यति धेरै उदार मनका छन कि सरस्वति पूजामा मात्रै १० लाख रुपैयाँको प्रसाद वाँडेको देखिएको छ। गत चैत ९ गते यो वर्ष सरस्वती पुजा पर्व सम्पन्न भएको थियो।
क्याम्पसले भिसी कप गेम एक्सप्रेसको नाममा मात्रै ६ लाख ७५ हजार ८४६ रुपैयाँ खर्चिएको देखिन्छ।
तर आइतबार राजधानीको एक क्लबमा पत्रकार सम्मेलन क्याम्पस प्रमुख डा.आचार्य र स्ववियू अध्यक्ष सुशान्त बस्नेतले कलेको खर्च प्रणाली पारदर्शी भएको र सबै खर्चहरु सार्वजनिक खरिद ऐन बमोजिम नै भएको दाबी गरेका थिए।

उनीहरुले आफूहरुमाथि कपोलकल्पित र झुटो लान्छना लगाउँदै आर्थिक अनियमितताको आरोप लगाएको दाबी गरेका थिए।
क्याम्पस प्रमुख र स्ववियू सभापतिले आफूमाथि लगाइएका कुनै आरोप प्रमाणित गरेर देखाए पदबाट राजीनामा दिन र सजाय भोग्न तयार रहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए।

क्याम्पस प्रमुख डा.आचार्यले आफू क्याम्पस प्रमुख भएर आउनुअघि नै विद्यार्थीका लागि आयोजना गरिने अतिरिक्त क्रियाकलाप विद्यार्थी कल्याण प्रमुख र क्याम्पसको प्रशासन प्रमुखले स्ववियूको स्वीकृतिमा मात्रै गर्नु पर्ने प्रावधान रहेकाले कुन विद्यार्थी संगठनको आधिकारिकता के हो भनेर छुट्याउन नसक्ने बताए।
डा.आचार्यले नयाँ विकल्पसँग भने, ‘स्वतन्त्र विथार्थी युनियन’को सभापति नै नेपाल विद्यार्थी संघबाट निर्वाचित भएकोले कुन संगठनबाट कसले निबेदन दिए भनेर छुट्याउने वा निर्णय गर्ने अधिकार आफूलाई छैन। दशैंअघि हुने खेलकुद प्रतियोगिता, सरस्वति पूजा र होली पर्ब यो क्याम्पसमा भव्य रुपले मनाउने गरिन्छ। खेल प्रतियोगिता कलेज वाहिर बढी हुने भएकाले खर्च बढी देखिएको हुनसक्छ।’

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...