नेपाली कांग्रेसका पूर्वसांसद खगेन्द्रराज रेग्मीको निधन – Naya Bikalpa
September 7, 2024, Saturday

नेपाली कांग्रेसका पूर्वसांसद खगेन्द्रराज रेग्मीको निधन

काठमाडौं । नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति तथा राष्ट्रिय सभाका पूर्वसांसद खगेन्द्रराज रेग्मीको ७५ वर्षको उमेरमा निधन भएको छ।

उनको मंगलबार बिहान आफ्नै घर स्याङ्जाको भीरकोट नगरपालिका गेझबासमा निधन भएको हो।

क्यान्सर रोगबाट लामो समयदेखि पीडित रेग्मीको काठमाडौंमा उपचार गर्दा समेत सुधार हुन नसकेपछि अस्पतालले डिस्चार्ज गरेको थियो।

राष्ट्रिय सभाका पूर्वसदस्यसमेत रहेका रेग्मीको परिवारमा श्रीमतीमात्रै छन्। उनको शव अन्तिम श्रद्धाञ्जलिका लागि बिहान ११ बजे जिल्ला पार्टी कार्यालय स्याङ्जामा राखिएको थियो।

लामो समयसम्म शिक्षण पेसामा रहेका रेग्मीलाई २०५८ माघ २७ गते माओवादीले गोली हानी घाइते बनाएका थिए।

उनको ‘मेरो जीवनयात्रा यातना पीडाको कथा’ आत्मकथा प्रकाशित छ।

सम्बन्धित समाचार

भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा
भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा
  • २०८१ जेष्ठ १, १२: ४३

काठमाडौं : भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा सहभागी हुन ऊनी काठमाडौ आएका...

नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन प्रधानमन्त्रीको आग्रह
नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन प्रधानमन्त्रीको आग्रह
  • २०८१ जेष्ठ १, १२: ४३

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहजरुपमा सेवा दिँदै नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन निजामती कर्मचारीहरूलाई आग्रह गरेका छन्...

मधेशमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको पढाइ हुने
मधेशमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको पढाइ हुने
  • २०८१ जेष्ठ १, १२: ४३

धनुषा : चिकित्सा शिक्षा आयोगले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस)का लागि ५० सिट निर्धारण गरेको छ ।...