
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरी उपेन्द्र यादव नेतृत्वको जसपा नेपालद्वारा टुक्रिएर बनेको नयाँ दल जनता समाजबादीका २ जनालाई मन्त्रिपरिषद्मा समेटेका छन्।
जसपाका उपमहासचिव समेत रहेका सांसद प्रदीप यादवलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र केन्द्रीय सदस्य हसिना खानलाई राज्यमन्त्री नियुक्त गरेका हुन्।
मन्त्री यादव र राज्यमन्त्री खानले सोमबार साँझ नै शपथ लिएका हुन्।
यसअघि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारको उपप्रधानमन्त्री र केन्द्रीय सदस्य तथा सांसद दीपक कार्कीले बन तथा वातावरण राज्यमन्त्रीबाट राजिनामा दिएका थिए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...