कांग्रेसले राष्ट्रपतिलाई संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

कांग्रेसले राष्ट्रपतिलाई संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त सदनमा प्रस्तुत गर्ने सरकारको नीति तथा कार्यक्रममा अवरोध नगर्ने निर्णय गरेको छ।

नेपाली कांग्रेस संसदीय कार्यसमिति र संसदीय दलको मंगलबार विहान बसेको बैठकले राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम पेश गर्दा अवरोध नगर्ने निर्णय गरेको हो।

कांग्रेसले राष्ट्रपतिको संवोधनपछि भने सरकारले ल्याएको कुनै पनि कार्यसूचीमा प्रवेश नगर्ने निर्णय गरेको छ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘संघीय संयुक्त बैठकमा भाग लिन्छौं, राष्ट्रपतिको सम्बोधन सुन्छौं । तर त्यसपछि सरकारले ल्याएका कुनै पनि कार्यसूचीमा हामी प्रवेश गर्दैनौं ।’

संघीय संसदको बैठक दिउँसो ३ बजे बोलाइएको छ, जहाँ राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची छ।

साँझ ६ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ। सहकारी ठगीको आरोप लागेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नगरे त्यो बैठक पनि अवरुद्ध गर्ने कांग्रेसले निर्णय गरेको छ।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ जेष्ठ १, १३: २१

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ जेष्ठ १, १३: २१

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ जेष्ठ १, १३: २१

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...