काठमाडौं। इतिहासकार ज्ञानमणि नेपालको ९२ वर्षको उमेरमा आज मंगलबार निधन भएको छ।
मुटु र मिर्गौलासम्बन्धी रोगबाट पीडित नेपालको शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारको क्रममा निधन भएको हो।
इतिहासकार नेपालका भाइ एकमणि नेपालअनुसार उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ। इतिहासकार नेपालका दुई छोरा छन्।
नेपालको एक सिद्धहस्त र सांस्कृतिक इतिहासका ज्ञाता एवम् खोजकर्ता नेपालको जन्म भोजपुरमा वि.सं. १९८९ माघमा श्रीपञ्चमीका दिन भएको थियो।
खोटाङलाई कार्यक्षेत्र बनाई कौमुदी, चण्डीबाट शिक्षा आर्जन गरेका नेपाल काठमाडौंमा आई इतिहासप्रति अभिरुचि राखेर इतिहाससम्बन्धी अनेकौँ कृति प्रकाशन गरेका थिए।
नेपालका ‘नेपाल निरूपण’, ‘नेपाल निरुक्त’, ‘नेपालको महाभारत’, ‘पशुपतिनाथको दर्शन, स्पर्शन, पूजन’, ‘पुराना कविता’लगायत दुई दर्जन कृति प्रकाशित भएका छन्।
नेपालले नयराज पन्तसँग शिक्षा आर्जन गरेका थिए। नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य भएका नेपाल वृद्धावस्थामा समेत इतिहासको खोज र अध्ययनमा सक्रिय थिए।
काठमाडौं : भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा सहभागी हुन ऊनी काठमाडौ आएका...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहजरुपमा सेवा दिँदै नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन निजामती कर्मचारीहरूलाई आग्रह गरेका छन्...
धनुषा : चिकित्सा शिक्षा आयोगले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस)का लागि ५० सिट निर्धारण गरेको छ ।...