पोखरा । नेपाल प्रहरीले पोखराको सूर्यदर्शन सहकारी र बुटबलको सुप्रिम सहकारी ठगीका मुख्य आरोपी गितेन्द्रबाबु राई (जीबी)को पासपोर्ट (राहदानी) रद्दको प्रक्रिया अगाडि बढाए पनि जिल्ला अदालत काश्कीले अश्विकार गरेको छ।
प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन इन्टरपोलले ‘रेड नोटिस’ जारी गर्दा पनि जीबीलाई पक्राउ गर्न नसकेपछि राहदानी नै रद्द गर्ने गृहकार्य थालेको थियो।
राईको पोसपोर्ट रद्द गर्न पोखरा प्रहरीले आइतबार राहदानी विभागलाई पत्राचार गरेको थियो। राईसहित सूर्यदर्शन सहकारीका चार जना पक्राउ गर्न प्रहरीले इन्टरपोललाई गुहार्दै आएको छ।
सहकारीको अरबौं रकम ठगीको आरोप लागेका जीबी राई मलेसिया पुगेको आशंका गरिएको छ।
रेड कर्नर नोटिस जारी गरे पनि मलेसिया प्रहरीले जीबीलाई नेपाल ‘डिपोट’ गर्न चासो नदेखाएपछि उनको राहदानी नै रद्द गर्ने प्रक्रियामा प्रहरी लागेको थियो।
मलेसियाले सुपुर्दगी सन्धि वा पारस्पारिक कानुनी सहायता देखाउँदै नेपाल डिपोर्ट गर्न अस्वीकार गरेको हो। राहदानी रद्द गर्दा मात्र कुनै पनि नागरिकको देश बाहिरको बसाइँ अवैध मानिन्छ र त्यहाँको अध्यागमनलाई सम्बन्धित देश फर्काउन सहज हुन्छ।
राहदानीसम्बन्धी ऐनको दफा १२ को उपदफा १ को (घ) बमोजिम बैंक तथा वित्तीय संस्थाको ऋण तिर्न नसकी प्रचलित कानुनबमोजिम कालोसूचीमा परेको अवस्थामा राहदानी रद्द गर्न सकिने व्यवस्था छ।
कास्की जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले राईको राहदानी रद्द गर्ने आदेश जारी गर्न नमिल्ने भनेको जिल्ला सरकारी वकिलको कार्यालय पोखराका प्रमुख गोपाल ढकालले बताएका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीले राईलाई विदेशबाट पक्राउ गरी नेपाल ल्याउनका लागि राहदानी रद्द गर्नुपर्ने माग गरेको थियो।
राहदानी रद्द गर्नका लागि प्रहरीले सरकारी वकिल कार्यालयमार्फत अदालतमा अनुमति माग गरेको थियो। तर न्यायाधीश कोइरालाको इजलासले माग बमोजिम आदेश नहुने निर्णय गरेको हो।
राहदानी ऐन, २०७६ को दफा १५ बमोजिम राईको राहदानी रद्द गर्न माग गरेको थियो।
राहदानी रद्द गर्नका लागि अदालतको आदेश आवश्यक हुने भएपछि सो निवेदन दिइएको थियो । राहदानी ऐनको दफा १२ मा सहकारी सम्बन्धी कसुर उल्लेख नभएको भन्दै अदालतले अस्वीकार गरेको हो।
काठमाडौं : सांसदहरूले पूर्वी नेपालमा जंगली हात्ती र पहाडी क्षेत्रमा बाँदर आतंक नियन्त्रण गरेर जनतालाई राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन्...
काठमाडौंः ललितपुर महानगरपालिका–१२ का चार वर्षीय बालकको अपहरण भएको छ । बालकको अपहरण आरोपमा प्रहरीले विदेशी नागरिकलाई पक्राउ गरेको छ...
काठमाडौं : चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको वडा नं १० र १३ मा निर्माण हुन लागेको ‘इनडोर सुटिङ स्टुडियो’का लागि...