काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदको दुवै सदनमा लागि मंगलबार प्रस्तुत गरेका राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित हुन दिएन।
राष्ट्रपतिले संयुक्त सदनमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमपछि उनलाई धन्यवाद दिने प्रस्ताव राष्ट्रियसभा बैठक पेश गर्न खोज्दा कांग्रेस सांसदहरुले उठेर विरोध जनाएपछि पारित हुन नसकेको हो।
राष्ट्रियसभा बैठकमा सहकारी रकम अपचलनमा गृह मन्त्री रबी लामिछानेको संलग्नताको विषयमा छानबिन गर्न ससदीय समिति गठनको माग गर्दै कांग्रेसले बैठक अवरुद्ध गरेको हो।
कांग्रेसको अवरोधका कारण राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठकमा धन्यवाद प्रस्ताव प्रस्तुत गर्न सकेनन्।
राष्ट्रिय सभाको अर्को बैठक २०८१ जेठ ३ गते बिहीबार अपराह्न १स्१५ बजे बस्ने गरी अध्यक्ष दाहालले मंगलबारको बैठक स्थगित गरेका हुन्।
यता प्रतिनिधि सभाका पनि सभामुख देवराज घिमिरेले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव प्रस्तुत गर्न खोज्दा कांग्रेस सांसदहरुले बेल घेराउ गर्दै नारावाजी गरेका छन्।
काठमाण्डू : एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामे नेपाल सिङ्गापुरकेँ पराजित करैत सुखद सुरूआत कएलक अइछ। मलेसियाक युकेएम ओभल...
काठमाण्डू : नेपाल कम्युनिष्ट पार्टी (एमाले) क मुख्य सचेतक महेश बर्तौला ‘भिजिट भिसा’ प्रकरणक सम्बन्धमे सत्तापक्ष आ प्रमुख प्रतिपक्षक बीच...
काठमाडौं : प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि सदस्यहरुले बोल्ने क्रम आजदेखि सकिएको छ । सभाको आजको बैठकबाट...