काठमाडौं। नेपाली कांग्रेसको हिन्दुराष्ट्र नेपाल स्थापना महाभियानले विगत ९ दिनदेखि काठमाडौंको कलङ्की चोकमा आमरण अनसन बसिरहेका राष्ट्रिय संयुक्त संघर्ष समितिका सत्याग्रहीप्रति ऐक्यवद्धता जनाएको छ।
महाअभियानका संयोजक तथा सांसद शंकर भण्डारी नेतृत्वको एक प्रतिनिधि मण्डलले मंगलबार भेट गरी उनीहरुको माग र शान्तिपूर्ण आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गर्दै हार्दिकतापूर्वक समर्थन गरेको महाअभियानका केन्द्रीय समन्वय समितिका प्रवक्ता तथा सहसंयोजक लोकेश ढकालले जनाएका छन्।
प्रवक्ता ढकालद्वारा जारी विज्ञप्तिमा स्वदेशमै काम गरेर खान देउ, उद्योगी–व्यावसायी तथा आमनागरिकलाई बाँच्न देउ’ भन्ने नाराका साथ नेपालका हिन्दु, बैद्ध, किराँत प्रकृतिपूजक तथा सनातन संस्कृति, सभ्यताहरुको स)रक्षण गरी विश्वव्यापी पहिचानको लागि सनातन धार्मिक राष्ट्र नेपाल घोषणा गर्नु पर्ने लगायतका १८ बुँदे माग राखेर विगत ९ दिनदेखि आमरण अनसन बसीरहेका सत्याग्रहीको माग संवोधन गर्न आग्रह गरिएको छ।
महाअभियानले शान्तिपूर्ण आनदोलनप्रति सरकारले अनदेखा गरेको भन्दै कांग्रेससहित संसदका सबै दललाई अनसनकारीको आन्दोलनप्रति गम्भीर बन्दै समाधानका लागि तत्पर रहन आव्हान गरेको छ।
अनसनकारीको मागप्रति ऐक्यवद्धता प्रकट गर्दै माहाअभियानका संयोजक शंकर भण्डारीले अनसनकारीको माग संवोधन गर्न सरकार अग्रसर नभए र अनसनकारीको जीवन रक्षा नभए त्यसबाट सिर्जना हुन सक्ने भयावह स्थितिको लागि तयार रहन चेतावनी दिए।
महाभियानका सह–संयोजक ढकालले नेपाली जनताको भावना विपरित देशलाई जवर्जस्ती रुपमा धर्मधर्मनिरपेक्ष राष्ट्र घोषणा गरेपछि देशको साझा नेपाली पहिचन संकटम परेकोले अनसनप्रति ऐक्यवद्धता जाहेर गरेको बताए।
भण्डारीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलमा महाअभियनका सल्लाहकार संयोजक तथा कांग्रेस नेता लक्ष्मणप्रसाद घिमिरे, सचिव भरतराज पौडेल, सदस्यद्वय विश्वनाथ दाहाल र जनेशराज सिग्देल, काँग्रेस नेता राजनुराज जोशी लगायतको सहभागिता थियो।
काठमाडौं : भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा सहभागी हुन ऊनी काठमाडौ आएका...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहजरुपमा सेवा दिँदै नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन निजामती कर्मचारीहरूलाई आग्रह गरेका छन्...
धनुषा : चिकित्सा शिक्षा आयोगले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस)का लागि ५० सिट निर्धारण गरेको छ ।...