धनगढी। नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको छ।
नेकपा एमाले सुदूरपश्चिम प्रदेस संसदीय दलको बुधबारको बैठकले यस्तो निर्णय गरेको हो। विश्वासको मत दिए पनि एमालेले सरकारमा भने नजाने निर्णय पनि लिएको छ। ।
एमालेले नीति तथा कार्यक्रम तयार गर्नका लागि भने साझेदार दलसँग छलफल गर्ने निर्णय गरेको छ।
मुख्यमन्त्री सोडारीले यसअघि वैशाख २१ र २२ गते समेत विश्वासको मत लिन खोजेका थिए। तर एमालेले निर्णय नगर्दा विश्वासको मत लिने कार्यक्रम स्थगित हुँदै आएको थियो।
तीन महिनाअघि सरकारको गठबन्धनको संरचनामा परिवर्तन आएसँगै यो प्रदेशमा नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया लम्विँदै आएको छ।
सोडारी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजबादीको सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता हुन्। प्रदेश सभाका ११ सिट रहेको एमालेले ४ सिट भएको नेकपा एसलाई मुख्यमन्त्री मान्नु परेको भन्दै समर्थन गर्न मानिरहेको थिएन।
नेकपा (एकीकृत समाजवादी) का दलका नेतासमेत रहेका मुख्यमन्त्री सोडारीले भोलि बिहीबार १०: १५ बजे विश्वासको मत लिने कार्यक्रम छ ।
काठमाडौं : भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै कुनै सरकारी कर्मचारी घुस रकमसहित पुग्छ...
काठमाडौं : भारत सरकारको सहयोगमा निर्माण गरिएको सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसको क्याम्पस तथा छात्रावास भवन हस्तान्तरण गरिएको छ ।...
काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री बर्नार्ड क्विन्टिनसँग ब्रसेल्समा भेटवार्ता गरेकी छन् । युरोपेली मामिला एवं वैदेशिक...