गिरिबन्धु प्रकरणविरुद्ध कांग्रेस लागेपछि ओलीको आक्रोस– यो देश कांग्रेसको एकलौटी हो? – Naya Bikalpa
May 24, 2024, Friday

गिरिबन्धु प्रकरणविरुद्ध कांग्रेस लागेपछि ओलीको आक्रोस– यो देश कांग्रेसको एकलौटी हो?

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गिरीबन्धु टि स्टेटको नीतिगत भ्रष्टाचार प्रकरणमा आफूविरुद्ध नेपाली कांग्रेस खनिएमा आक्रोस पोखेका छन्।

पार्टीको संसदीय दलको बैठकलाई बुधबार सम्बोधन गर्दै उनले कांग्रेसले गरेको संसद अबरोध विरुद्ध आफूहरुले प्रतिरोध गर्ने समेत बताए।

ओलीले नेपालमा आफूहरुले लडेर लोकतन्त्र ल्याएको भन्दै एमालेको बारेमा बोल्दा विचार पुर्याउन कांग्रेसका नेताहरुलाई चेतावनी समेत दिए।

ओलीले कांग्रेसको अधिनायकवादी चरित्र प्रकट भएको आरोप लगाउँदै आफूहरु मिलाएर जान खोजिराखेको बेला औँला उठाइराखेको भन्दै प्रश्न गरे ‘यो देश कांग्रेसको एकलौटी हो? अरू यहाँ जन्मिनु गल्ती हो?’

ओलीले भने ‘गिरिबन्धु टि स्टेटको कुरा, कांग्रेसले एकपल्ट ५१ विगाह, अर्को पटक १९ विगाह कमिशन खाएर सट्टाभर्ना गर्ने नाउँमा जमिन विक्री गर्न दिएको छ। त्यही टि स्टेटको, पछि अदालतले ऐन र नियम बनाउनु भनेर आदेश दिएपछि हामीले आदेशबमोजिम ऐन बनाएका हौं। कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाई थाहा छ।’

उनले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न नभएको दाबी दोहोर्याउन भने भुलेनन्।

सम्बन्धित समाचार

सभामुख घिमिरेविरुद्ध महाअभियोग ल्याउने काँग्रेसको चेतावनी
सभामुख घिमिरेविरुद्ध महाअभियोग ल्याउने काँग्रेसको चेतावनी
  • २०८१ जेष्ठ २, १५: ४६

काठमाडौं। प्रमुख विपक्षी नेपाली काँग्रेसले सभामुख देवराज घिमिरेविरुद्ध महाअभियोग लगाउने चेतावनी दिएको छ। पार्टीभित्र र विपक्षी दलहरूको बैठकमा सभामुखलाई महाअभियोग...

सहकारी पीडितले सम्झौता कार्यान्वयन नभएको भन्दै शुरु गरे आन्दोलन
सहकारी पीडितले सम्झौता कार्यान्वयन नभएको भन्दै शुरु गरे आन्दोलन
  • २०८१ जेष्ठ २, १५: ४६

काठमाडौ। आफूहरुले जग्म्मा गरेको बचत फिर्ताका लागि नेपाल सरकारले गरेका सम्झौताहरू कार्यान्वयन नभएको भन्दै सहकारी पीडितहरूले राजधानीमा आन्दोलन शुरु गरेका...

यो वर्ष सगरमाथा आरोहण गर्नेमध्ये पाँचको मृत्यु
यो वर्ष सगरमाथा आरोहण गर्नेमध्ये पाँचको मृत्यु
  • २०८१ जेष्ठ २, १५: ४६

काठमाडौं। यस वर्षको सगरमाथा आरोहणका क्रममा अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ। पर्यटन विभागले बिहीबार साँझ सार्वजनिक गरेको विवरणअनुसार नेपाली...