
काठमाडौं। प्रतिनिधि सभाको विहीबार विहान ११ बजे बस्ने भनिएको बैठक पाँच घण्टापछि अर्थात अपराह्न चार बजेका लागि सारिएको छ।
सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोनमा कुराकानी गरेपछि बैठक पाँच घण्टापछि सारेका हुन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेको आश्वासन प्रधानमन्त्री दाहालले सभामुख घिमिरेलाई जानकारी दिँदै प्रतिनिधि सभाको सार्न लगाएका थिए।
सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने भन्दै कांग्रेसले संसदको नियमित कारबाही अघि बढ्न दिएको छैन।
संघीय संसदको दुबै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्ने प्रस्ताव समेत कांग्रेसको अवरोधका कारण टेवुल हुन समेत पाएको छैन।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...