
काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभालाई विघटनको स्थितिमा पु¥याउन खोजेको आरोप लगाएका छन्।
कांग्रेस निकट वुद्धिजीविहरुको संगठन प्रजातान्त्रिक विचार समाजको विहीबार आयोजित कार्यक्रममा उनले ओलीले सरकार गठनको प्रक्रिया धारा ७६ (३), धारा ७६ (५) हुँदै प्रतिनिधिसभा विघटनसम्म पु¥याउन खोजेको बताएका हुन्।
‘एमाले धारा ७६(३)मा जान खोजिरहेको छ, प्रचण्डजीलाई थाहा छ कि छैन म भन्न सक्दिन ७६ (३) मा गइसकेपछि ओली कसैलाई स्वीकार्ने पक्षमा हुनुहुन्न’, कोइरालाले भने।
संविधानको धारा ७६ (३) मा प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेता प्रधानमन्त्री हुन सक्ने व्यवस्था छ।
त्यस्तै प्रधानमन्त्रीले विश्वासको मत लिन नसकेमा धारा ७६ (५) अनुसार सरकार गठन हुन्छ, जसमा प्रतिनिधिसभामा विश्वासको मत लिन सक्ने कुनै संसद सदस्य प्रधानमन्त्री हुने व्यवस्था छ।
कोइरालाले संविधानको धारा ७६ (५)मा सरकार गठन गरेपछि संसद विघटन गरिकन दुई वर्ष पहिले नै संसद विघटन गरेको पुष्टि गर्न खा्ेजीरहेको आशंका व्यक्त गरे।
उनले कांग्रेसले संसद विघटनलाई रोक्न लाग्नुपर्ने भन्दै संघीय सरकार र प्रदेश सरकारको धेरै कमजोर भएका कारण न्यायिक सक्रियता बढेको बताए। अति न्यायिक सक्रियता संविधानका लागि पनि घातक हुने उनले बताए।
‘प्रदेश र संघका सरकार यति कमजोर भएछौं, त्यसले जुडिसियल एक्टिभिजम यति धेरै बढेको छ, त्यसको हिसाब किताब छैन’, उनले भने, ‘जुडिसियल एक्टिभिजमले संविधानलाई केयर गर्दैन, त्यतातिर पनि ध्यान दिएर अगाडि जानुपर्छ ।’
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...