सहकारी वैंकका अध्यक्ष उप्रेती रहेको हाम्रो सहकारी कार्यालयमा आगलागी – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
चौथो तलामा रहेको समस्याग्रत सहकारीको कार्यालय जहाँ विद्युत लाईन छैन

सहकारी वैंकका अध्यक्ष उप्रेती रहेको हाम्रो सहकारी कार्यालयमा आगलागी

काठमाडौं। राष्ट्रिय सहकारी वैंकको अध्यक्ष समेत अध्यक्ष भएको हाम्रो वहुउद्देश्यीय सहकारी संस्थाको ललितपुर कुपन्डोलस्थित एक सहकारीमा आगलागी भएको छ।

तत्कालीन हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारी सहित पाँच संस्था मर्ज भएर आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था बनेको थियो।

मर्ज भए पनि पाँच संस्थाको एकीकृत कारोबार भइसकेको छैन। सहकारी विभागमा मर्ज भएका संस्थाको डिमर्जका लागि आवेदन परेको छ।

हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी अध्यक्ष रहेका केबी उप्रेती नै मर्जरपछिको संस्थाको पनि अध्यक्ष बनेका थिए। नेकपा एमालेको राजनीति गर्दै आएका उप्रेति संलग्न भएका सहकारीहरु टाट पल्टिएका छन्।

सहकारीमा भएको आगलागी नियन्त्रणमा आए पनि घटनाको प्रहरी सुक्ष्म अध्ययन गरिरहेको छ।

उप्रेती अध्यक्ष रहेको सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता गर्न सकेको छैन। सहकारी विभागले संस्थालाई समस्याग्रस्त घोषणा गर्न बचतकर्ताबाट उजुरी संकलन गरिरहेको छ।

बिजुली महसुल नतिरेको भन्दै सहकारी कार्यालय रहेको चौथो तलाको लाइन काटिएको छ। लाइन काटिएको सहकारी कार्यालयमा कसरी आगलागी भयो भनेर अनुसन्धान भइरहेको ललितपुर प्रहरी परिसरले जनाएको छ।

ललितपुर प्रहरीको अनुसार चौथो तलामा रहेको सहकारी कार्यालय बन्द अवस्थामा थियो।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ जेष्ठ ३, १५: ४१

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ जेष्ठ ३, १५: ४१

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ जेष्ठ ३, १५: ४१

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...