ओलीलाई देउवाको प्रश्न– गिरिबन्धु टिस्टेटका वारे आफू निर्णय गर्दै दोष कांग्रेसलाई किन? – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

ओलीलाई देउवाको प्रश्न– गिरिबन्धु टिस्टेटका वारे आफू निर्णय गर्दै दोष कांग्रेसलाई किन?

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीबन्धु टि–इस्टेटको जग्गाको सट्टाभर्ना नेपाली कांग्रेसको सरकारको पालामा नभएको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसमाथि अनावश्यक लाञ्छना लगाएको बताएका छन्।

बिहीवार काठमाडौंमा प्रजातान्त्रिक विचार समाजले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले देउवाले गिरिबन्धु टी–स्टेटको जग्गा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएकै बेला बिक्री भएको बताएका हुन्।

बुधबार एमाले संसदीय दलको बैठकमा नेता ओलीले जग्गा बिक्री गर्ने निर्णय कांग्रेसको पालामा भएको आरोप लगाएका थिए। त्यसकै जवाफ दिंदै उनले भने, ‘ओलीजी आफूले निर्णय गर्नुहुन्छ, कांग्रेसलाई दोष दिनुहुन्छ। कहिले, कसको पालामा भयो, के भयो भनिदिए भइहाल्यो नी आफूले गरेको कुरा, गरेको हो भन्न के आपत्ति छ?’

उनले अदालतले फैसलामा ओलीले नै निर्णय गरेको भनी स्मरणा गराएको बताए। ‘उहाँ कांग्रेसको पालामा भएको भन्नहुन्छ । गिरिजाबाबु र म प्रधानमन्त्री भएको हो । हाम्रो पालामा भएको छैन’ देउवाले भने।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ जेष्ठ ३, १६: २२

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ जेष्ठ ३, १६: २२

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ जेष्ठ ३, १६: २२

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...