
काठमाडौं। सत्तापक्ष गृहमन्त्री रबी लामिछानेमाथि सहकारी ठगीका विषयमा छानबिन समिति बनाउन तयार नभएपछि आज पनि संघीय संसदका दुबै सदन अबरुद्ध हुने भएका छन्।
सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको नाम लिएर सत्ता पक्ष संसदीय छानबिन समिति गठन गर्न तयार नभएपछि कांग्रेसले सदनमा अवरोधको कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले बताए।
बिहीबार दिउँसो सत्ता पक्ष र कांग्रेसका नेताबीच भएको छलफलमा सहमति नभएपछि कांग्रेसले संसद् अवरोधको अडानलाई निरन्तरता दिने भएको हो।
कांग्रेस प्रवक्ताका अनुसार सत्ता पक्षले लामिछानेको नाम नतोकेर संसदीय समिति गठन गर्नुपर्ने अडान लिएपछि सहमति हुन नसकेको हो।
‘उहाँहरूले फासपुसे समिति बनाउन खोज्नु भयो । हामीले त्यो मानेनौँ,’ सहमहामन्त्री जीवन परियारले भने, लामिछानेमाथि संसदीय समिति गठनमा सहमति नभए संसद् चल्न नदिने हामीले निष्कर्ष निकालेका छौं।’
प्रतितिनिधिसभा बैठकअघि कांग्रेसका शीर्ष नेताबिच भएको छलफलले संसद्को अवरोध जारी राख्ने निर्णय गरेको छ ।
काठमाडौं : देशका ६ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका छन्। ६ महानगरको कुल बजेट आगामी...
काठमाडौं : नेपाल प्रहरीले गैरकानुनी रुपमा नेपालमा बसेका २४ बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भुबाट खटिएको टोलीले...
संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...