प्रेस युनियन कोशी प्रदेशद्वारा एक करोड रुपैयाँको अक्षयकोष स्थापना – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

प्रेस युनियन कोशी प्रदेशद्वारा एक करोड रुपैयाँको अक्षयकोष स्थापना

 

विराटनगर। नेपाल प्रेस युनियन कोशी प्रदेश समितिले एक करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छ।

कोशी प्रदेशको पर्यटकीयस्थल धनकुटाको भेडेटारमा प्रदेश अध्यक्ष मीनकुमार नवोदितको अध्यक्षतामा बुधबार बसेको सचिवालय बैठकले युनियनमा आबद्ध पत्रकारहरुको हितका लागि अक्षयकोष स्थापना गर्ने निर्णय गरेको हो।

युनियनको ३३औं स्थापना दिवसको अवसरमा यही जेठ १० गते विराटनगरमा हुने विशेष समारोहमा अक्षयकोषको औपचारिक घोषणा गरिने अध्यक्ष नवोदितले बताए।

अध्यक्ष नवोदितका अनुसार अक्षयकोषमा समितिका पदाधिकारी र सदस्यले निश्चित रकम जम्मा गरेर शुभारम्भ गरिनेछ। त्यसपछि ‘एक सय अभियान’ पनि सञ्चालन गरिने नवोदितले बताए।

योसँगै देश तथा विदेशमा रहने युनियनमा आबद्ध पत्रकार, समाजसेवी, उद्योगी, व्यवसायी सबैलाई स्वेच्छिक रकम जम्मा गर्नका लागि आह्वान गरिने भएको छ।

‘दुर्घटना परेर अङ्गभङग भएका, हातखुट्टा भाँचिएका वा अन्य बिरामी भएर दुई महिनासम्म काम गर्न नसक्ने अवस्थामा युनियनका सदस्यहरुलाई २० हजार रुपैयाँसम्म सहयोग गर्ने उद्देश्य रहेको छ,’ अध्यक्ष नवोदितले भने, ‘त्यसका लागि कार्यविधि बनाइनेछ।’

प्रदेश समितिले कोषवको पारदर्शीका लागि स्मारिका र सामाजिक सञ्जालबाट रकमसहित सहयोग गर्नेहरूको नाम सार्वजनिक गरिने बताए।

प्रदेशभित्रै युनियनमा लामो समय काम गरेर धेरै सञ्चारकर्मी विदेशमा रहेको बताउँदै नवोदितले उनीहरुबाट पनि सहयोगको आश्वासन आएको बताए।

अक्षयकोषले पूर्णता पाएपछि जिल्ला शाखाको सिफारिसमा प्रदेशभरिका युनियनमा आबद्ध पत्रकारहरुको दुर्घटना बिमासमेत गर्ने योजना रहेको उनले बताए।

सचिवालय बैठकले आसन्न पत्रकार महासंघको निर्वाचनलाई लक्षित गरी कार्यदलसमेत गठन गरेको छ।

कार्यदलमा अध्यक्ष नवोदित, उपाध्यक्ष ज्ञानेन्द्र निरौला, महासचिव संजीव वाग्ले र सचिव विनय बाह्राकोटी रहेका छन्। कार्यदलले जिल्ला तहमा रहेको विवाद समाधानका लागि समन्वय र सहजीकरण गर्नुका साथै जिल्ला शाखालाई सक्रिय र प्रभावकारी बनाउने भूमिका खेल्ने महासचिव वाग्लेले जानकारी दिए।

कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा युनियनले जेठ १० गते बिहीबार बिहान ‘सक्रिय पत्रकारिताका लागि स्वस्थ शरीर, स्वस्थ शरीरका लागि नियमित आहारबिहार’ भन्ने नाराका साथ सञ्चारकर्मीहरुबीच खुल्ला दौड प्रतियोगिता, अग्रज पत्रकार सम्मान, ‘प्रदेशको स्थायित्व र विकासका लागि सञ्चार क्षेत्रको भूमिका’ विषयक विचारगोष्ठी गरिने महासचिव वाग्लेले बताए।

त्यस्तै, युनियनका कोशी प्रदेशका १४ जिल्लाका अध्यक्ष, युनियनबाट निर्वाचित महासंघ जिल्ला अध्यक्ष, कोशी प्रदेशबाट प्रेस युनियन र पत्रकार महासंघमा प्रतिनिधित्व गर्ने पदाधिकारी र सदस्यको उपस्थितिमा प्रदेश भेलासमेत आयोजना हुनेछ।

सचिव विनय बाह्राकोटीको नेतृत्वमा गठन गरेको कार्यदलले १४ वटै जिल्लाको युनियन र पत्रकारिताको अवस्था समेटेर तयार पारेको प्रतिवेदन अध्यक्ष नवोदितलाई हस्तान्तरण गरे। बाह्राकोटीको संयोजकत्वमा यसअघिको सचिवालय बैठकले ‘मिसन महासंघ’ नाम दिएर समिति गठन गरेको थियो।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ जेष्ठ ३, १७: ५७

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ जेष्ठ ३, १७: ५७

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ जेष्ठ ३, १७: ५७

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...