
काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (वालेन)साह र महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ।
जिल्ला अदालतमा काठमाडौँमा कुटपिट र लुटपाटको मुद्दा दायर भएको जिल्ला अदालतका प्रवक्ता चन्द्र पन्थीले बताए।
प्राणमञ्च डटकमका प्रधान सम्पादक पदमप्रसाद पोखरेलले आफूमाथि कुटपिट र लुटपाट भएको भन्दै मेयर साह, नगर प्रहरी प्रमुख साह र महानगर प्रहरीका एसपी मनोज लामिछानेविरुद्ध अदालतमा कुटपिट र लुटपाटको फिराद दर्ता गराएका हुन्।
कुटपिटबापत मुलुकी अपराध संहिताको दफा १९१ को (३) बमोजिम ३ वर्ष कैद र ३० हजार जरिवाना माग गरिएको छ।
लुटपाटतर्फ दफा २८६ (३) बमोजिम सामान र बिगो गरेर ३ लाख ४४ हजार ११७ रुपैयाँ भराउन माग गरिएको छ। पत्रकार पोखरेललाई नगरप्रहरीले सुन्धारा क्षेत्रमा भिडियो खिचेको भन्दै लाठी प्रहार गरी कुटपिट गरी खुट्टा भाँचि दिएका थिए। उनको क्यामेरा समेत नगरप्रहरीले लुटेर लगेको पत्रकार पोखरेलको दाबी छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...