
सिरहा। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भएको जनाउँदै सिरहा जिल्लाका विभिन्न विद्यालयहरूमा ‘बार्गेनिङ’ गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका–४ का वर्ष ४० का रामधनी यादव छन्।
उनलाई आइतबार बिहान गोलबजार नगरपालिका–३ स्थित आधारधुत विद्यालय जरुवाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्त डीएसपी मुक्तिनाथ सापकोटाले जनाए।
यादवले जिल्लाको लहान, सिरहा, गोलबजार, मिर्चैया, सुखीपुरलगायतका क्षेत्रका विभिन्न सामुदायिक विद्यालयमा जाने, कक्षा कोठामा बस्ने, कागजात माग्ने र बार्गेनिङ गर्ने गरेका थिए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...