इरानी राष्ट्रपति रायसीको हेलिकोप्टर दुर्घटनानमा मृत्यु भएको पुष्टि – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

इरानी राष्ट्रपति रायसीको हेलिकोप्टर दुर्घटनानमा मृत्यु भएको पुष्टि

 

काठमाडौं। हेलिकोप्टर दुर्घटनामा परेर इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिराब्दुल्लाहियानको मृत्यु भएको छ।

अजरबैजान नजिकै इरानको पूर्वी क्षेत्रमा भएको हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रायसी र विदेशमन्त्री अमिराब्दुल्लाहियानको मृत्यु भएको पुष्टि भएको हो।

इरानी राष्ट्रपतिको हेलिकप्टर आइतबार कुहिरोले ढाकेको पहाडी क्षेत्रमा खसेको थियो। ६३ वर्षीय रायसी आइतबार अजरबैजानसँग जोडिएको प्रान्तको भ्रमणमा गएका थिए।

त्यहाँ उनले आफ्ना अजरबैजानी समकक्षी इल्हाम अलिएभसँग मिलेर दुई देशको सीमामा बाँध परियोजनाको उद्घाटन समेत गरेका थिए।

उद्धारकर्ताहरूले खराब मौसमले नकै लामो प्रयासमा दुर्घटनास्थल फेला पारेका थिए। उनको मृत्यु भएसँगै इरानका उपराष्ट्रपति मुहमद मुखबरले राष्ट्रपतिको कार्यभार सम्हालेका छन्।

नयाँ राष्ट्रपतिको निर्वाचन ५० दिनभित्रमा गर्ने इरानी सरकारले जनाएको छ।

सम्बन्धित समाचार

राष्ट्रिय सभा अध्यक्ष दाहाल र अष्ट्रेलियाका सभामुख डिकबीच शिष्टाचार भेटवार्ता
राष्ट्रिय सभा अध्यक्ष दाहाल र अष्ट्रेलियाका सभामुख डिकबीच शिष्टाचार भेटवार्ता
  • २०८१ जेष्ठ ७, १३: ४१

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुख मिल्टन डिकबीच शिष्टाचार भेटवार्ता भएको छ । टर्कीको...

रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने
रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने
  • २०८१ जेष्ठ ७, १३: ४१

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय...

कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
  • २०८१ जेष्ठ ७, १३: ४१

काठमाडौं : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ । गत...