
फिल्म निर्माता रोज राणाकाे लगानीमा बन्न लागेकाे चलचित्र ‘खलनायक २’को छायांकनको तयारी सुरू हुने भएकाे छ।
काेराेना संक्रमण काेभिड– १९ का कारण मुलुक लकडाउनमा सुरू भएपछि फिल्मी गतिविधी शुन्य प्राय थिए ।लकडाउन बिस्तारै खुल्दै गएपछि राणाकाे लागानीमा ‘खलनायक २’ छायांकन शुरू हुने भएकाे हाे ।
साे फिल्मकाे छायांकन एक महिना पछि अथार्त भदाैबाट सुरू हुने जनाइएकाे छ

नयाँ विकल्प संगकाे कुराकानीमा ‘खलनायक–२’ का निर्माता तथा कलाकार राेज राणाले फिल्म निर्माणकाे कार्य तालिका पहिले नै तय भए पनि काेभिड – १९ का कारण राेक्नु परेकाे बताए ।
‘हामीले कलाकार र प्राविधिकहरु अनुवन्धित गरिसकेका थियाेै । कलाकार तथा प्राविधिककाे समयलाइ पनि हेरेर छायांकन सुरू गर्ने तयारी गरेका हाै ।’ राणाले भने
‘खलनायक २’को खलपात्रमा निर्माता रोज राणाले आफै अभिनय गर्दैछन् । उक्त फिल्मकाे ‘खलनायक २’को निर्देशन गोविन्द सिंह भण्डारीले गर्ने बताइएकाे छ ।
निर्माता राेज राणाका अनुसार ‘खलनायक’मा नायक राजेश हमालले निर्वाह गरेको भूमिकाका लागि कुन कलाकारलिने भन्ने तय गरिएको छैन ।
काठमाडौँ। नइ एकेडेमीद्वारा आयोजित ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’मा सहभागी प्राज्ञहरुबाट आआफ्ना मन्तव्यपछि त्रिदिवसीय ऐतिहासिक सम्मेलनको समापन भएको छ ।समारोहमा...
काठमाडौँ । उपन्यास “मनझोली” भव्य समारोहबीच साहित्यकार , गितकार, गजलकार देबि घिमिरे को पाँच वर्षको निरन्तर साधना र साहित्यिक यात्राको सार्थक...
ललितपूर । नेपालभाषा चिबाखं साहित्यको प्रवर्द्धन गर्ने उद्देश्यले ख्वाःपौ विमोचन तथा लघुकथा वाचन कार्यक्रम सम्पन्न भएको छ । शनिबार पाटन संग्रहालयको...