सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ अश्विकार्यः डा.शेखर – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ अश्विकार्यः डा.शेखर

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ स्वीकार्य नहुने बताएका छन्।

सामाजिक सञ्जाल फेसवुकमा स्टाटस पोष्ट गर्दै डा. कोइरालाले तीन दशकदेखि सूचना प्रवाह र लोकतन्त्रको पहरेदार भई उभिएको कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियामाथि प्रतिशोध साँध्न पक्राउ गरेको बताए।

उनले भने, ‘आफू दोहोरो पासपोर्ट लिँदै हिँड्ने र सहकारी ठगीको आरोपविरुद्ध छानबिन हुन नदिने तर ३ दशकदेखि सूचना प्रवाह र लोकतन्त्रको पहरेदार भई उभिएको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ स्वीकार्य छैन।’

उनले प्रहरीले सही र गलत छुट्याउनेमा आफू विश्वस्त रहेको पनि कोइरालाले जिकिर गरे।

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजबादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले सिरोहियालाई गिरफ्तार गरी ज्ञानेन्द्रपथ अनुशरण गरेकोमा आफू लज्जित भएको बताएका छन्।

कांग्रेस नेता विमलेन्द्र निधीले पनि सिरोहिया गिरफ्तारको विरोध जनाएका छन् । नेकपा एकीकृत समाजबादी पार्टीले सिरोहियाको गिरफ्तारीले सरकार र प्रेसको सम्वन्धलाई विगारेको जनाएको छ ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ जेष्ठ ८, २०: ५२

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ जेष्ठ ८, २०: ५२

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ जेष्ठ ८, २०: ५२

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...