
काठमाडौं। कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाले नागरिकता किर्ते गरेको आरोप सहित जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिने व्यक्ति उपप्रधानमन्त्री तथा गृहमन्त्री रबी लामिछाने नेतृत्वको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मधेश प्रदेशका सदस्य रहेको खुलेको छ।
कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष सिरोहियाविरूद्ध सर्लाही हरिवनका डा.इन्द्रजीत महतोले गत बैशाख वैशाख १६ गते जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरीमा दिएका थिए।
सिरोहियाको जन्ममिति २०१९ राखेर २०३३÷०३४ मा धनुषाबाट जारी भएको नागरिकताको नम्बर र २०३६ भदौ २० मा जनकपुर उपमहानगरपालिका वडा नम्बर २ ठेगानाबाट शिवजी साहु तेलीको नाममा जारी भएको नागरिकता नम्बर एकै रहेको महतोकोको दाबी थियो।
हिजो सिरोहिया पक्राउ परेपछि कान्तिपुरले आज गृहमन्त्री रवि लामिछानले आफ्ना स्वकिय सचिव दीपक बोहरालाई सिरोहियाविरूद्ध जाहेरी दिन लगाउन जनकपुर खटाएको दाबी गर्दै समाचार लेखेको छ।
कान्तिपुरले भनेजस्तै कैलाश सिरोहियाविरुद्ध उजुरी दिने डा.इन्द्रजीत महतो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता रहेको खुलेको हो। उनी हाल रास्वपाका प्रदेश सदस्य छन्। तर, उनी पहिलैदेखि भने रास्वपामा थिएनन्।
डा. महतो नेपाली कांग्रेस हुँदै नेकपा एमालेको राजनीतिमा सक्रिय रहेको बताइन्छ।
एमाले त्यागेर २०७९ को आमचुनावमा डा.महतोले सर्लाही क्षेत्र नम्बर ३–क बाट प्रदेश सभा सदस्यको निम्ति स्वतन्त्र उम्मेदवारी दिएका थिए। चुनाव हारेपछि उनी रास्वपा प्रवेश गरेका हुन्।
धरानमा प्रध्यापक समेत भइसकेका उनी पेशाले चिकित्सक हुन्। उनले हरिवनमा पोलिक्लिनिक सञ्चालन गर्दै आएका छन्। प्रहरीले मंगलबार सिरोहियालाई कार्यकक्षबाटै गिरफ्तार गरेको थियो।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...