गृहमन्त्रीमाथि सहकारी ठगीका साथै दुईवटा राहदानी बारे छानबिन हुनैपर्छः डा.शेखर – Naya Bikalpa
June 13, 2025, Friday      Epaper

गृहमन्त्रीमाथि सहकारी ठगीका साथै दुईवटा राहदानी बारे छानबिन हुनैपर्छः डा.शेखर

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गृहमन्त्री रवी लामिछानेका दुई वटा राहदानी र नागरिकताका विषयमा समेत छानबिन हुनुपर्ने माग गरेका छन्।

नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसको अवसरमा प्रेस युनियन कोशी प्रदेशले आज विराटनगरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले सहकारी ठगी प्रकरणमात्रै नभएर पासपोर्ट र नागरिकताका विषयमा पनि गृहमन्त्री लामिछानेमाथि छानबिनको माग गरेका हुन्।

सो अवसरमा नेता कोइरालाले गृहमन्त्री भएको आधारमा लामिछानेलाई कानुनी छुट नहुने बताए। ‘देशको कानुन गृहमन्त्रीलाई लाग्दैन? गृहमन्त्री भएको नाताले उन्मुक्ति दिन? यो हुन सक्दैन। त्यसबाट उन्मुक्ति पाउन उहाँले सक्नुहुन्न्,’ कोइरालाले भने।

गृहमन्त्री लामिछानका दुईटा पासपोर्ट र दुईटा नागरिकता भएको दाबी गर्दै उनले संसदका महासचिव पद्मप्रसाद पाण्डेको पनि दुईटा नागरिकता र दुईटा पासपोर्ट रहेको दाबी गरे।

उनले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउ प्रतिशोध तरिकाले भएको भन्दै उनले सिरोहिया पक्राउ परेको अघिल्लो दिन आफूलाई थाहा नभएको बताउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो दिन आफैंले अर्डर दिएको स्विकारेर दोहोरो कुरा गरेको बताए।

‘यसरी नै देश चल्ने हो भने हामी कहाँ पुग्छौं। पहिलो दिन कैलाशजीलाई समातेको मलाई थाहा छैन भन्नुभयो। हिजो मैले नै अर्डर गरेको भन्नुभयो,’ कोइरालाले भने,‘सरकार छ कि छैन? यो देशमा भइरहेको छ चाहिं के? बुढी म¥यो भन्दा काल पल्कियो।’

कोइरालाले सहकारी ठगी काण्ड लुकाउने र संरक्षण गर्ने कार्यप्रति कांग्रेसले सदन र सडक दुवैतर्फ दबाब बढाउने उद्घोष गरे।

छ जना अग्रज पत्रकार सम्मानित

सो अवसरमा युनियनको प्रदेश समितिले कोशी प्रदेशका ६ जना अग्रज पत्रकारहरुलाई सम्मान गरेको छ।

कांग्रेसका बरिष्ठ नेता एवम् संघीय सांसद डा.शेखर कोइराला, यूनियनका केन्द्रिय अध्यक्ष शिव लम्साल र युनियनका कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदितले अग्रज पत्रकार खोटाङका कृष्ण आचार्य, झापाका गोविन्दचन्द्र क्षेत्री, सुनसरीका गिरिराज आचार्य र हर्ष सुब्बा, मोरङका भारती उपाध्याय र दुर्गाप्रसाद खतिवडालाई सम्मान गरेका थिए।

मोरङका दुर्गाप्रसाद खतिवडा सम्मान समारोहमा उपस्थिति हुन नसकेकोले वहाँको सम्मान घरमै पु¥याइ दिने नेपाल प्रेस यूनियन कोशी प्रदेशका अध्यक्ष नवोदितले बताए।

नेपाल प्रेस यूनियन ३३औं वर्षमा प्रवेश गरेको अवसरमा यूनियनको कोशी प्रदेश समितिले बिहीबार विराटनगरमा आयोजना गरेको महिला पुरुष खुल्ला दौड स्पर्धाका विजेतालाई नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ ।

महिला तर्फ इन्दु साह प्रथम, माला पालुंवा दोस्रो र जानुका नेपाल तेस्रो भएकी छिन् । पुरुष तर्फ कपलेश्वर अधिकारी यादव प्रथम, अनन्तराम चौधरी दोस्रो र सुरेश भट्टराई तेस्रो भएका थिए।

विजेतालाई १० हजार, उपविजेतालाई ५ हजार र तेस्रो हुनेलाई ३ हजार नगद रुपैयाँ प्रदान गरिएको थियो। कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा नेपाल प्रेस यूनियनको कोशी प्रदेश समितिले प्रादेशिक भेला र दौड स्पर्धा कार्यक्रम आयोजना गरेको थियो।

सम्बन्धित समाचार

बमको धम्कीपछि एयर इन्डियाको विमान थाइल्यान्डमै फिर्ता
बमको धम्कीपछि एयर इन्डियाको विमान थाइल्यान्डमै फिर्ता
  • २०८१ जेष्ठ १०, १५: ४३

काठमाडौंः थाइल्यान्डको फुकेट टापुबाट नयाँदिल्ली जाने एयर इन्डियाको उडानमा बमको खतरापछि उडान भरेको केही समयपछि शुक्रबार आपत्कालीन अवतरण गर्न बाध्य...

नेपाल प्रहरीलाई आगामी वर्ष तलब, पोसाक र रासनमा कमी हुँदैन : गृहमन्त्री लेखक
नेपाल प्रहरीलाई आगामी वर्ष तलब, पोसाक र रासनमा कमी हुँदैन : गृहमन्त्री लेखक
  • २०८१ जेष्ठ १०, १५: ४३

काठमाडौं : गृहमन्त्री रमेश लेखकले आगामी वर्षको बजेटमा नेपाल प्रहरीतर्फ बजेटको उल्लेख्य वृद्धि भएको बताएका छन् । अनुसन्धानकर्ता प्रहरी र...

अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त र प्रभावकारी बनाउन प्रधानमन्त्रीको आग्रह
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त र प्रभावकारी बनाउन प्रधानमन्त्रीको आग्रह
  • २०८१ जेष्ठ १०, १५: ४३

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त र प्रभावकारी बनाएर न्याय निरुपणमा सघाउन आग्रह गरेका...