
काठमाडौं। गत वर्ष अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गरी बन्धक बनाइएका पाँच महिला सैनिकमाथि हमासका सैनिकले गरेको ज्यादतीसम्बन्धी भिडियो बुधबार सार्वजनिक भएको छ।
होस्टेज एण्ड मिसिङ फेमिलिज फोरमले सार्वजनिक गरेको सो भिडियोमा ती महिला सैनिकलाई बलात्कारको धम्की दिँदै गाजातर्फ लगिएको देखाइएको छ। गाजा स्ट्रिप बाहिर नाहल ओज बेसमा रहेका ती महिलाको हातमा हतकडी लगाइएको छ भने उनीहरूलाई भित्तातर्फ ठेलिएको देखिन्छ।
उनीहरूले त्यतिबेला पाइजामा मात्रै लगाएको देखिन्छ। बन्दुक लिएको एक व्यक्तिले त्यतिबेला ती महिला सैनिकलाई उनीहरु सुन्दर भएको र गर्भवती हुन सक्ने बताइरहेको छ।
हमासद्वारा बन्धक बनाइएका ती महिला सैनिकमा लिरी अल्बाग, करिना एरिभ, अगम बर्गर, डानिएला गिल्बोआ र नामा लेभी रहेको जनाइएको छ।
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुख मिल्टन डिकबीच शिष्टाचार भेटवार्ता भएको छ । टर्कीको...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय...
काठमाडौं : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ । गत...