कांग्रेसले मुद्दा किनारा नलागेसम्म गण्डकी प्रदेशसभा बहिष्कार गर्ने – Naya Bikalpa
February 7, 2025, Friday

कांग्रेसले मुद्दा किनारा नलागेसम्म गण्डकी प्रदेशसभा बहिष्कार गर्ने

पोखरा। नेपाली कांग्रेसले गण्डकी प्रदेश सभाको बैठक बहिष्कार गर्ने भएको छ।

सभामुख कृष्णप्रसाद धितालले शुक्रबार बजेटका सिद्धान्त र प्राथमिकता टेबुल गर्ने कार्यसूचीसहित बैठक बोलाएपछि कांग्रेसले सर्वोच्च अदालतमा रहेको प्रदेश सरकार गठन सम्वन्धी मुद्दा किनारा नलागेसम्म बैठक बहिष्कार गर्ने बताएको हो।

मुख्यमन्त्रीको विश्वासको मतमा असन्तुष्टि जनाउँदै कांग्रेसले सर्वोच्चमा दायर गरेको रिट हेर्दा हेर्दैमा रहेको छ।

यस्तो छ कांग्रेसले दृष्टिकोण –

‘मुख्यमन्त्री खगराज अधिकारीलाई सर्वोच्चले काम चलाऊ बनाएकै अवस्थामा बैठक सभामुखले असंवैधानिक तवरबाट बहुमत प्राप्त गरेको भनी घोषणा गरेको प्रक्रियाविरूद्ध नेपाली कांग्रेस संसदीय दलको तर्फबाट सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो।

सो रिटको संम्बन्धमा निरन्तर सुनवाई भईरहेको र २०८१ जेठ १४ गते अन्तिम सुनुवाइको चरणमा रहेको सर्वविदितै छ । कामचलाउ सरकारले अदालतको आदेशको अवहेलना हुने गरी प्रदेश सभा बैठक आह्वान गरी आगामी बजेटका सन्दर्भमा पूर्व छलफल गराउने कार्य प्रति नेपाली कांग्रेस संसदीय दलको गम्भीर असहमति रहेको छ ।’

कांग्रेसले अदालतको आदेश विपरीत कार्य गरेको गराईएमा नेपाली कांग्रेस संसदीय दललाई मान्य नहुने अवगत गराउँदै त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार स्वयं सरकार र आदेश उलङ्घन गर्ने पक्ष नै हुने चेतावनी दिएको छ ।

सम्बन्धित समाचार

रवि लामिछानेमाथि प्रतिशोध साँधियो, यसको मूल्य सरकारले चुकाउनुपर्छ : डीपी अर्याल
रवि लामिछानेमाथि प्रतिशोध साँधियो, यसको मूल्य सरकारले चुकाउनुपर्छ : डीपी अर्याल
  • २०८१ जेष्ठ १०, १६: २६

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यबाहक सभापति डोलप्रसाद (डीपी) अर्यालले आफ्नो पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको बताएका...

खेलकुदमन्त्री चौधरीको गुनासो- ‘बजेट अभाव हुँदा काम गर्न सकिएन’
खेलकुदमन्त्री चौधरीको गुनासो- ‘बजेट अभाव हुँदा काम गर्न सकिएन’
  • २०८१ जेष्ठ १०, १६: २६

काठमाडौं : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद मन्त्रालयमा पर्याप्त बजेट नभएको बताएका छन् । शुक्रबार शिक्षा, स्वास्थ्य तथा सूचना...

चलचित्र विकास बोर्डले मधेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने
चलचित्र विकास बोर्डले मधेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने
  • २०८१ जेष्ठ १०, १६: २६

काठमाडौं : चलचित्र विकास बोर्डले मधेश प्रदेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने भएको छ । आगामी फागुन १३ देखि १५...