काठमाडौं। काठमाडौंको चन्द्रागिरि नगरपालिकामा ४ लाख रुपैयाँ घुस लिइरहेको बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक बिचौलियालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका वडा नम्वर–२ बस्ने ध्रुव बहादुर कडायत रहेका छन्।
चन्द्रागिरि नगरपालिका वडा नम्बर–२ का वडाअध्यक्ष भाइकृष्ण तामाङको निर्देशनमा कडायतले घुस रकम लिएको अनुसन्धानबाट खुलेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए।
आरोपीले सेवाग्राहिबाट घुस लिइसकेको अवस्थामा दुई लाख रुपैयाँ नगद र २ लाख रुपैयाँ बराबरको चेक बरामद गरिएको उनले बताए।
उनीलाई चन्द्रागिरि नगरपालिका वडा नम्बर–१२ स्थित नगरपालिकाको कार्यालयको गेटबाट अख्तियारको टोलीले पक्राउ गरेर थियो।
व्यवसाय स्थानान्तरणका लागि सिफारिस र दर्ता गरिदिने प्रयोजनाका लागि वडा अध्यक्षको निर्देशनमा बिचौलिया बनेर कडायले घुस लिएका हुन्। चेक पनि कडायतकै नाममा काटिएको छ।
काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ...
ख्वप : प्रदेशस्तरीय अस्पतालमध्ये च्वन्ह्याःगु घोषित जूगु ख्वप अस्पतालय् शुक्रबाः मन्त्री व स्वास्थ्य सचिवलिसेंया टोलीं अनुगमन याःगु दु । बागमती...
तानसेन : उपप्रधानमन्त्री नापं सहरी विकासमन्त्री प्रकाशमान सिंहं देय्यात सङ्कटं बचे यायेत नेपाली कांग्रेस व नेपाल कम्युनिष्ट पार्टी (एमालें) गठबन्धन...