काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरूको बैठकले संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठक चल्न नदिने निर्णय गरेका छन्।
नेपाली कांग्रेसले शुक्रबार बिहान संसद् भवनमा आयोजना गरेको विपक्षी दलको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले सहकारीको रकम अपचलन गरेको मुद्दालाई सडकमा समेत संयुक्त रूपमा उठाउने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताए।
‘गृहमन्त्री रवी लामिछानेमाथि छानबिन हुने गरी संसदीय छानबिन समिति गठन नभएसम्म सदन चल्न नदिने निर्णय भएको छ’ शाहीले भने, ‘सहकारीको मुद्दालाई लिएर विपक्षी दलहरू सडकमा पनि सँगै जाने सहमति भयो।’
विपक्षी दलको बैठकमा कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी थिए।
विपक्ष दलले सहकारी प्रकरणमा संसदीय छानविन समितिको माग गर्दै आए पनि सभामुख देवराज घिमिरेको सदनमा खेलेको भूमिकालाई लिएर विपक्षी दलले प्रश्न उठाइरहेका छन्।
गृहमन्त्री लामिछाने सहकारीको रकम अपचलनमा प्रत्यक्ष संलग्न भएको भन्दै विपक्षी दलले उनीमाथि पनि छानबिन हुने गरी संसदीय छानविन समितिको माग गर्दै आएका छन्।
काठमाडौं : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद मन्त्रालयमा पर्याप्त बजेट नभएको बताएका छन् । शुक्रबार शिक्षा, स्वास्थ्य तथा सूचना...
काठमाडौं : चलचित्र विकास बोर्डले मधेश प्रदेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने भएको छ । आगामी फागुन १३ देखि १५...
काठमाडौंः हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवक विपिन जोशीको रिहाइको कूटनीतिक पहलस्वरुप परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इस्लामिक गणतन्त्र...