विपक्षी दलहरुको अवरोधपछि संसदको बैठक स्थगित – Naya Bikalpa
June 19, 2024, Wednesday

विपक्षी दलहरुको अवरोधपछि संसदको बैठक स्थगित

काठमाडौं। प्रतिनिधि सभाको शुक्रबारको बैठक स्थगित भएको छ।

नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने गर्ने कार्यसूची तय भएको शुक्रबारको बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनत समाजबादी पार्टी नेपाल, लोकतान्त्रिक समाजबादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदहरु उठेर विरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन्।

प्रतिनिधि सभाको अर्को बैठक आगामी जेठ १३ गते आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ। शुक्रबारको बैठकअघि बसेको विपक्षी दलहरुको बैठकले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रबी लामिछानेको संलग्नता विषयमा संसदीय छानबिन समिति नबनेसम्म सदनको कारबाही अघि बढ्न नदिने निर्णय गरेको थियो।

वैठकअघि बसेको कार्यदलको बैठकमा समेत गृहमन्त्री लामिछानेको नाम उल्लेख नगरी संसदीय छानबिन समिति बनाउनु पर्ने सत्तारुढ दलका प्रतनिधिहरुले अडान लिएपछि कार्यदलमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर)मा सहमति भएको थिएन।

सम्बन्धित समाचार

मन्त्रिपरिषद्को निर्णय बमोजिम दर्ता भएका क्रसर उद्योगको नविकरण गर्न सांसद खानको माग
मन्त्रिपरिषद्को निर्णय बमोजिम दर्ता भएका क्रसर उद्योगको नविकरण गर्न सांसद खानको माग
  • २०८१ जेष्ठ ११, १३: १३

काठमाडौं। जनमत पार्टीका बरिष्ठ उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य अब्दुल खानले क्रसर उद्योगीले राखेको जायज माग पुरा गर्नु पर्ने माग गरेका...

काजीलाई परराष्ट्रबाट हटाएर डा.सीकेलाई उपप्रधानमन्त्री बनाउने निष्कर्षमा दाहाल र ओली
काजीलाई परराष्ट्रबाट हटाएर डा.सीकेलाई उपप्रधानमन्त्री बनाउने निष्कर्षमा दाहाल र ओली
  • २०८१ जेष्ठ ११, १३: १३

  काठमाडौं। जनमत पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य डा.सीके (चन्द्रकान्त) राउतलाई उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...

राप्रपा अध्यक्ष लिङ्देनले रोष्ट्रममै च्याते भौतिक मन्त्रालयको विनियोजन पुस्तिका
राप्रपा अध्यक्ष लिङ्देनले रोष्ट्रममै च्याते भौतिक मन्त्रालयको विनियोजन पुस्तिका
  • २०८१ जेष्ठ ११, १३: १३

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आगामी आर्थिक वर्ष २०८१–०८२को लागि विनियोजन पुस्तिका...