काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गमा परेको खाल्डो पुरेपछि सबै उडान र अवतरण पुनः सुरु भएको छ।
धावनमार्गको करिव बीच भागमा सानो आकारको खाल्डो परेपछि पौने घण्टाका लागि आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान बन्द गरिएको थियो।
त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले धानवमार्गको ०२ (कोटेश्वरतर्फ) को भागमा परेको खाल्डो पुरेपछि उडान अवतरण सबै खुलेको छ।
खाल्डो पुरेपछि आन्तरिक र अन्तर्राष्ट्रिय दुवैका उडान अवतरण खुलेको छ। मर्मतपछि सुक्न समय लाग्ने भएकाले ४५ मिनेट सबै उडान अवतरण रोकेको झावले बताए।
विमानस्थलकाअनुसार काठमाडौं आइरहेका धेरै वायुसेवा कम्पनीका जहाज ‘होल्ड’ भएका थिए।
बैंककबाट आइरहेको थाई एयरवेज, मलेसियाको क्वालालम्पुरबाट आइरहेको मलेसियन एयरलाइन्स लगायतका जहाज आकासमै होल्ड गरिएको थियो।
आन्तरिकतर्फ बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स लगायतका जहाज पनि होल्डमा थिए।
दाङ : जिल्ला क्रिकेट सङ्घं एसिसी मिजं यु–१६ इस्टर्न जोन कप त्याकूगु नेपाली टोलीया दुजः शुभम खनाल व सहायक प्रशिक्षक...
मोरङ : कोशी प्रदेशक सामाजिक विकासमन्त्री पाँचकर्ण राई मजुदरके जीवनयापनके लेल न्यूनतनम पारिश्रमिक वृद्धि करबाक प्रतिबद्धता व्यक्त कएने अइछ ।...
महेन्द्रनगर : मधेश प्रदेशक मुख्यमन्त्री सतिश कुमार सिंह वातावरणीय असन्तुलन सबहक लेल चिन्ताक विषय भेल बताैलैन अइछ । राष्ट्रपति चुरे...