
काठमाडौं। नेपालमा पुनः कोभिड १९ को नयाँ भेरियन्ट देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालै गरिएको जिनोमसिक्वेन्सिङमा कोभिड–१९ को नयाँ भेरिएन्ट ‘केपी १’ र ‘केपी २’ भेटिएको हो।
राष्ट्रिय प्रयोगशालाकाअनुसार पछिल्लो समय सिंगापुर,अमेरिकालगायत अफ्रिकी मुलुकमा देखिएको कोभिड–१९ को ओमिक्रोन भेरिएन्टको नयाँ सब–भेरिएन्ट ‘केपी.१’ र ‘केपी.२’ नेपालमा भेटिएको पुष्टि भएको छ।
हालै गरिएको ४२ कोभिड पोजेटिभ केसको जिनोमसिक्वेन्सिङ् गर्दा ४० प्रतिशतमा “केपी.१” र केपी.२ नेपालमा पुष्टि भएको प्रयोगशालाले जनाएको छ।
प्रयोगशालाका नमुनामा ओमिक्रोन (जेएन.१) २ नमुनामा, ओमिक्रोन (बीए.२), १२ नमुनामा, ओमिक्रोन (केपी.१) १७ नमुनामा, ओमिक्रोन (केपी.२) एक नमुनामा र ओमिक्रोन (केपी.३) (केपी.४) क्रमशः १ नमुनामा भेटिएको हो।
छिमेकी मुलुक भारत र चीनसहित विश्वका विभिन्न देशमा देखिएको कोभिड–१९ को नयाँ सब–भेरिएन्ट ‘जेएन.१’ नेपालमा पनि देखिएको थियो। तर, हाल विश्वमा महामारीको रूपमा देखिन थालेको नयाँ भेरिएन्ट ‘केपी.१’ र केपी.२ नेपालमा पुष्टि भएको छ।
धनुषा : मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको गोली प्रहार गरी हत्या गरिएको छ । आज साँझ अपरिचित...
काठमाडौं : नेपाली सेनाले पाँच जना नेपाल प्रहरीका सकल दर्जालाइ उद्धार गरी थप उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पुर्याएको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सभापति रवि लामिछानेका प्रियपात्रमध्ये एक थिए सन्तोष परियार । तर, रविलाई नै थाहा...