सहकारी ठगी आरोपमा फरार जीबी राईको राहदानी रद्द नहुने – Naya Bikalpa
February 9, 2025, Sunday

सहकारी ठगी आरोपमा फरार जीबी राईको राहदानी रद्द नहुने

काठमाडौं। सहकारीको रकम अपचलन गरेर फरार भएका जीबी (गितेन्द्रबाबु) राईको राहदानी रद्द नहुने भएको छ।

काठमाडौंको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, रुपन्देहीको सुप्रिमलगायतका सहकारीका बचतकर्ताको रकम हिनामिना गरी फरार भएका ग्यालेक्सी टेलिभिजनका सञ्चालक राई मलेसियामा रहेको प्रहरीको अनुमान छ।

नेपाल ल्याउने प्रयास स्वरुप कास्की प्रहरीले राईको राहदानी रद्द गर्न भन्दै राहदानी विभागलाई पत्र लेखेको थियो। तर, विभागले उनको राहदानी रद्द गर्नुपर्ने आधार नदेखिएको जवाफ पठाएको छ।

राहदानी रद्द नहुने भएपछि उनलाई मलेसियाबाट नेपाल ल्याउन कठिनाइ हुने देखिएको छ।

राईका तत्कालिन व्यावसायिक साझेदार रवी लामिछाने अहिले उपप्रधानमन्त्री तथा गृहमन्त्री छन्। लामिछाने पनि राईसँगै सहकारी ठगीमा मुछिएका छन्।

सम्बन्धित समाचार

ललितपुरबाट चार वर्षीय बालकको अपहरण, विदेशी नागरिक पक्राउ
ललितपुरबाट चार वर्षीय बालकको अपहरण, विदेशी नागरिक पक्राउ
  • २०८१ जेष्ठ ११, १६: १४

काठमाडौंः ललितपुर महानगरपालिका–१२ का चार वर्षीय बालकको अपहरण भएको छ । बालकको अपहरण आरोपमा प्रहरीले विदेशी नागरिकलाई पक्राउ गरेको छ...

बनेपामा ‘इनडोर सुटिङ स्टुडियो’ बनाउन बोलपत्र आह्वान
बनेपामा ‘इनडोर सुटिङ स्टुडियो’ बनाउन बोलपत्र आह्वान
  • २०८१ जेष्ठ ११, १६: १४

काठमाडौं : चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको वडा नं १० र १३ मा निर्माण हुन लागेको ‘इनडोर सुटिङ स्टुडियो’का लागि...

धनुषाधाम बन्यो विद्युत चुहावटमुक्त पालिका
धनुषाधाम बन्यो विद्युत चुहावटमुक्त पालिका
  • २०८१ जेष्ठ ११, १६: १४

जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिकालाई देशकै तेस्रो र मधेश प्रदेशको पहिलो विद्युत चुहावटमुक्त नगरपालिका घोषणा गरिएको छ । धनुषाधाममा शनिबार आयोजित...