सहकारी पीडितले सम्झौता कार्यान्वयन नभएको भन्दै शुरु गरे आन्दोलन – Naya Bikalpa
June 19, 2024, Wednesday

सहकारी पीडितले सम्झौता कार्यान्वयन नभएको भन्दै शुरु गरे आन्दोलन

काठमाडौ। आफूहरुले जग्म्मा गरेको बचत फिर्ताका लागि नेपाल सरकारले गरेका सम्झौताहरू कार्यान्वयन नभएको भन्दै सहकारी पीडितहरूले राजधानीमा आन्दोलन शुरु गरेका छन्।

काठमाडौं उपत्यका, पोखरा, बुटवल, चितवन, नवलपरासी, धरानलगायत विभिन्न जिल्लामा बिहान ११ बजेर ११ मिनेटमा एकै पटक आन्दोलन शुरु भएको हो।

पीडितको पैसा फिर्ता गर्ने सम्बन्धमा यसअघि भएका कुनै पनि सम्झौता कार्यान्वयन नगरेको कारण तेस्रो चरणको आन्दोलन गर्नुपरेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले जनाएको छ।

बचतकर्ताको पैसा फिर्ता गर, बचत फिर्ता नभएसम्म ०८४ को निर्वाचन हुन दिँदैनौ, सहकारी पीडितको माग आगामी वर्षको बजेटमा समावेश गर लगायत नारासहित उनीहरू धर्नामा उत्रिएका छन् ।

आफूहरूको माग सम्बोधन नभएसम्म निरन्तर रिले अनशन बस्ने पनि आयोजकले जनाएको छ।

सम्बन्धित समाचार

मन्त्रिपरिषद्को निर्णय बमोजिम दर्ता भएका क्रसर उद्योगको नविकरण गर्न सांसद खानको माग
मन्त्रिपरिषद्को निर्णय बमोजिम दर्ता भएका क्रसर उद्योगको नविकरण गर्न सांसद खानको माग
  • २०८१ जेष्ठ ११, १८: २७

काठमाडौं। जनमत पार्टीका बरिष्ठ उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य अब्दुल खानले क्रसर उद्योगीले राखेको जायज माग पुरा गर्नु पर्ने माग गरेका...

काजीलाई परराष्ट्रबाट हटाएर डा.सीकेलाई उपप्रधानमन्त्री बनाउने निष्कर्षमा दाहाल र ओली
काजीलाई परराष्ट्रबाट हटाएर डा.सीकेलाई उपप्रधानमन्त्री बनाउने निष्कर्षमा दाहाल र ओली
  • २०८१ जेष्ठ ११, १८: २७

  काठमाडौं। जनमत पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य डा.सीके (चन्द्रकान्त) राउतलाई उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...

राप्रपा अध्यक्ष लिङ्देनले रोष्ट्रममै च्याते भौतिक मन्त्रालयको विनियोजन पुस्तिका
राप्रपा अध्यक्ष लिङ्देनले रोष्ट्रममै च्याते भौतिक मन्त्रालयको विनियोजन पुस्तिका
  • २०८१ जेष्ठ ११, १८: २७

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आगामी आर्थिक वर्ष २०८१–०८२को लागि विनियोजन पुस्तिका...