काठमाडौं। प्रमुख विपक्षी नेपाली काँग्रेसले सभामुख देवराज घिमिरेविरुद्ध महाअभियोग लगाउने चेतावनी दिएको छ।
पार्टीभित्र र विपक्षी दलहरूको बैठकमा सभामुखलाई महाअभियोग लगाउनेबारे छलफल भएको महामन्त्री विश्वप्रकाश शर्माले बताएका हुन्।
एक कार्यक्रममा भने, ‘सभामुखले गम्भीर आत्मसमीक्षा गर्नुपर्छ । हाम्रोबीचमा महाअभियोगको बारेमा पनि कुरा उठेको हो। सभामुखको जे भूमिका छ, महाअभियोगको प्रस्ताव दर्ता गरौँ न। हटाउन नसकिएला तर रोक्न त सकिन्छ नि केही समय। लाञ्छित त हुनुपर्ला नि ! हामी त्यसमा पुगिहालेका छैनौँ।’
सभामुखको भूमिका सत्तापक्षको सहयोगी भएको भन्दै विपक्षी गठबन्धनमा यसबारे छलफल भएको शर्माले बताएका छन्। विश्वासको मत लिने बेला सभामुखले नारबाजीबीच सदनको कारबाही अघि बढाएपछि काँग्रेस आक्रोशित छ।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा समेत सभामुख घिमिरेले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई बोल्न माग्दा पनि बोल्न दिएनन्।
‘प्रतिपक्षलाई सदनमा बोल्न नदिने यो लोकतान्त्रिक होइन सभामुख महोदय’ कांग्रेस प्रमुख सचेतक लेखकले सदनमा भनेका थिए, ‘प्रतिपक्ष सदनमा बोल्न पाएन भने कहाँ बोल्ने ?’
त्यसपछि रिसाउँदै घिमिरेले सभामुखले बोल्न दिएन भन्ने प्रचार नगर्न सचेत गराए। त्यसपछि बोल्ने वातावरणको लागि सत्त र प्रतिपक्षी दुबै तर्फले वातावरण बनाउनु पर्यो भनेर अर्ति दिए। सभामुखको भनाईको समर्थनमा सत्ता पक्षका सांसदहरूले ढ्यापढ्याग गरेरे समर्थन जनाए।
कांग्रेस प्रमुख सचेतक लेखकले भने जवाफ फर्काए, ‘प्रतिपक्षले बोल्न पाएन भने बोल्न दिएन भन्ने पर्ला नि सभामुख महोदय। ’
सभामुख घिमिरेले भने यसअघि पटक पटक बोल्न दिएको जिकिर गर्दै ‘तलबाट बोल्न नपुग्दा माथि आएर बोल्नुस् भनेको हो’ विधिसंगत ढंगले बोल्ने व्यवस्था गर्दै आएको हो । त्यसका लागि वातावरण सबै माननीयजीहरूले बनाउनुपर्छ ।’
स्मरणीय कुरा के छ भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत जेठ २ गते बुधबार पार्टी संसदीय दलको बैठकमा कांग्रेसलाई बोल्न नदिने बताएका थिए। उनले कांग्रेस कराई रहने, अनि हामी सुनिरहने होइन’, ‘यस्तो हुन्छ रु ‘अब बकबास सुनिरहन हामी तयार छैनौं । यो के तरिका हो रु’
काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ...
ख्वप : प्रदेशस्तरीय अस्पतालमध्ये च्वन्ह्याःगु घोषित जूगु ख्वप अस्पतालय् शुक्रबाः मन्त्री व स्वास्थ्य सचिवलिसेंया टोलीं अनुगमन याःगु दु । बागमती...
तानसेन : उपप्रधानमन्त्री नापं सहरी विकासमन्त्री प्रकाशमान सिंहं देय्यात सङ्कटं बचे यायेत नेपाली कांग्रेस व नेपाल कम्युनिष्ट पार्टी (एमालें) गठबन्धन...