
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र बहादुर शाहीले पार्टीकी सांसद गीता बस्नेतविरुद्ध सहकारीको विषयमा पक्राउ पुर्जी जारी भए पनि गृहमन्त्रीलाई भने उन्मुक्ति दिएको दाबी गरेका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठक शुरु हुनासाथ सभामुखसँग समय मागेर वोल्दै शाहीले सांसद बस्नेतमाथि उठेजस्तै प्रश्न उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेको सम्बन्धमा उठे उनि उनलाई कारबाही नभएको भन्दै खेद प्रकटक गरेका छन्।
‘एउटै सदनमा रहेका एक सांसदलाई एक व्यवहार र अर्को सांसदका लागि अर्को व्यवहार किन? गृहमन्त्रीलाई चाहीँ छुट किन?’ उनले भने।
राप्रपा संसदीय दलका प्रमुख सचेतक शाहीले सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति आवश्यक रहेको समेत बताए।
प्रतिपक्षमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रश्न उठ्नेहरुमाथि छानबिन हुनुपर्ने भने पनि सरकारमा गएपछि बोली परिवर्तन गरेको बताए।
नेपाली कांग्रेसले संसदमा रास्वपाका सभापति एवं उपप्रधान तथा गृहमन्त्री लामिछाने सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लगाउँदै आएको छ । लामिछानेकै नाम लेखेर संसदीय छानबिन समिति गठनको माग राख्दै आएको छ ।
प्रश्न उठेपछि छानबिनका लागि तयार हुनुपर्ने भन्दै शाहीले विगतमा प्रतिपक्षमा हुँदा लामिछानेले तत्कालीन सरकारका गृहमन्त्रीलाई ‘मुटु छ कि छैन, किन डराएको हो? खुट्टा किन कमाएको?’ भनी सोधेका प्रश्नहरुको स्मरण गर्दै शाहीले गृह मन्त्री लामिछानेलाई मुटु नकमाउनु आग्रह गरे।
‘गृहमन्त्रीको भनाइ फिर्ता पठाउँदै भन्न चाहन्छु–मुटु छ कि छैन ? डराएको हो ? खुट्टा कमाएको हो ?’ भनी प्रश्न गरे। उनले सहकारी ठगीको आरोप लागेका गृहमन्त्री लामिछानेमाथि किन कारबाही नगरेको भनी प्रश्न गरे।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...