
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार र सत्ता गठबन्धनले देखाएको व्यवहार निरंकुशताउन्मुख रहेको बताएका छन्।
प्रेस युनिनयनले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले सत्ता गठबन्धनको व्यवहार निरंकुशतातर्फ उन्मुख र अनुदारवादी रहेको बताएका हुन्।
उनले भने, ‘सत्ताले देखाएको रबैया निरंकुशता उन्मुख छ। प्रेस स्वतन्ता भनेकै प्रजातन्त्र भए पनि प्रेसलाई अंकुश लगाउने काम सत्ताबाटै हुन थालेको छ।’
‘प्रतिपक्षलाई संसदमा नियन्त्रण गर्ने, बाहिर प्रश्नलाई नियन्त्रण गर्ने काम सरकारले गरिरहेको छ। मेरो बारेमा के लेख्यो भन्ने आधारमा मिडियालाई नियन्त्रण गर्न थालियो भने हामी कहाँ पुग्छौं?’, उनले भने।
महामन्त्री थापाले नेपाली कांग्रेसले गृहमन्त्री रबी लामिछानेमाथि सहकारी ठगीको प्रकरणमा संसदीय छानबिन समिति गठनको अडान आमसर्वसाधारण नागरिकसँग जोडिएको बताए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...