
काठमाडौं । सहकारीको बचत अपचलनमा संलग्न उपप्रधानमन्त्री तथा गृहमन्त्री रबी लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै आएको नेपाली कांग्रेस आजदेखि सडक संघर्षमा समेत उत्रिएको छ ।
सहकारी पीडितलाई न्याय दिनुपर्छ र ठगीमा संलग्नलाई कारबाही गर्नुपर्छ भन्दै कांग्रेसले सडक आन्दोलनको प्रारम्भ आइतबार राजधानी लगायत देशका विभिन्न प्रमुख शहरहरुबाट शुरु गरेको छ।
‘सत्ताको बलमिच्याईं र सहकारी ठगी विरुद्ध, बचतकर्ताको रकम फिर्ता गराई न्याय दिलाउ’ भन्दै नेपाली कांग्रेसले आइतबार राजधानीको भृकुटीमण्डमा विरोध सभा आयोजना गर्यो।
सडक आन्दोलनमा उत्रिएको कांग्रेसले आइतबार तीन जिल्लाका १५ वटा निर्वाचन क्षेत्रबाट कांग्रेसका कार्यकर्ताका साथै जनप्रतिनिधि, भ्रातृ तथा शुभेच्छुक संस्थाका नेता तथा कार्यकर्ताको अनिवार्य उपस्थिति थियो ।
एक महिनादेखि संसदीय समिति छानबिन समिति गठनको माग गर्दै आएको कांग्रेसले सत्ताधारी दलहरु समिति गठनमा तयार नभएपछि सदन अबरुद्ध गर्दै आएको छ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले दुईवटा राहदानी हुनेले गृहमन्त्रालय चलाएको र दुईवटा नागरिकता हुनेले संसद् सचिवालय चलाइरहेको बताउँदै छानबिनको माग गरे।
‘कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता प्रकरणमा सहयोग गर्छु भन्दाभन्दै कार्यकक्षबाट गिरफ्तार गरिएको तर दुईवटा पासपोर्ट र दुईवटा नागरिकता लिनेले संसद् सचिवालय चलाउन पाउने हो ?’ शर्माले प्रश्न गरे ।
उनले गृहमन्त्रीमाथि निष्पक्ष, इमान्दार गहिरो ढंगले छानबिन गरिनुपर्ने भन्दै प्रश्न गरे ‘गृहमन्त्री पद, राजनीति, देश छाड्न कसले भन्यो?’
उनले कांग्रेसलाई सिंहदरबार, बालुवाटारअघि आउने वातावरण नबनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाउ दिँदै २०८४ सम्म कांग्रेस प्रतिपक्षमा बस्न तयार रहेको बताए।
“विवाहको कार्डमा बेहुलाको नाम नलेखे पनि हुन्छ? परीक्षा दिन बसेको विद्यार्थीले आफ्नो रोल नम्बर वा नाम नलेखे पनि हुन्छ? यो आकासे समितिबाट छानबिन हुन्छ?,” उनले भने, “हिम्मत राख्नुस् दह्रो मुटु राख्नुस्, ठगी गर्नुभएको छैन भने छानबिनबाट प्रमाणित हुन्छ। माला लगाउन हामी आफैँ आउँला ।”
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले दोषजति गृहमन्त्री लामछिानेमाथि थोपरेर सहकारीको बचत अपचलन प्रकरणमा संलग्न आफ्ना पार्टीका नेता–कार्यकर्ताको रक्षा गरिरहेको आरोप लगाए।

उनले ओली गृहमन्त्रीको बहानामा संसदीय छानबिन समिति बनाउन तयार नहुनुका चार कारण प्रस्तुत गरे।
‘एमालेका कैयौँ साथीहरू सहकारीमा संलग्न छन्, लामिछाने त देखिएका पात्र हुन्,’ शर्माले भने, ‘नदेखिएका धेरै पात्र सहकारी सञ्चालन गरेर सहभागी हुनुहुन्छ। ती सबलाई जोगाउन चाहनुहुन्छ, कमरेड केपी। त्यो जोगाउन एमालेलाई नै बदनाम गराउने कर्म गरिरहनुभएको छ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई ०८४ मा पुग्दा उभिन नसक्ने गरी खुइल्याउने ओलीको दाउ रहेको शर्माले ठोकुवा गरे।

वाग्मती प्रदेश सभापति इन्द्र बानियाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाटै गणतन्त्र खतरामा रहेको भन्दै सरकार संघीयताप्रति इमानदार नभएको बताए।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रवी लामिछानेलाई जोगाए जस्तै गरेर सहकारी ठगी प्रकरणमा संलग्न भएका एमालेकै कार्यर्ता बचाउने उद्देश्य लिएको

वानियाँले भने, ‘सहकारीको बचत अपचलन प्रकरणमा एमालेका नेताहरू जेल जाने सम्भावना रहेकाले उनीहरुलाई जोगाउन ओली लागिपरेका हुन्।’
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...