सिरोहियाबारे दिएको अभिव्यक्तिमा त्रुटि भएको भन्दै मह जोडीले मागे माफी – Naya Bikalpa
September 7, 2024, Saturday

सिरोहियाबारे दिएको अभिव्यक्तिमा त्रुटि भएको भन्दै मह जोडीले मागे माफी

काठमाडौं। वरिष्ठ हास्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको घटनामा आफूले दिएको अभिव्यक्ति प्रति माफी मागेका छन्।

आफूहरूले दिएको अभिव्यक्ति भुलवश भएको भन्दै मह जोडीले सामाजिक सञ्जालमार्फत माफी मागेका हुन्।

‘हामी ब्रिक्स क्याफेमा बसेर अस्ट्रेलिया आउने विषयमा गम्भीर रूपमा छलफल गर्दै थियौं। त्यही बेला त्योभन्दा गम्भीर विषयमा, अदालतमा विचाराधीन विषयमा थुप्रै पत्रकारहरू बसेर छलफल गर्नु भएको रहेछ। एउटा मुडमा बसेको समय अपर्झट बोल्ने प्रस्ताव आयो । हामी पनि के बोल्ने भनेर अकमकियौँ’, सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भिडियोमा कलाकार श्रेष्ठले भनेका छन्।

आचार्यले पनि ‘अदालतमा विचाराधीन विषयमा हामीले नबोलेको भए हुन्थ्यो,हामीबाट त्रुटि भयो। त्यसका लागि हामीलाई यत्रो वर्ष आफ्नो सम्झेर माया गरिदिनुभयो । यो पटक पनि सबै कुरा बिर्सिदिएर आफूहरूलाई माफ गर्दिन समेत अनुरोध गर्दछु’ भनेका छन्।

केही दिनअघि महजोडीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहियालाई गृहमन्त्री रबी लामिछानेले आफूविरुद्ध समाचार प्रकाशन, प्रसारण गरेको प्रतिशोध साँध्न फर्जी नागरिकताको अभियोगमा फौजदारी अभियोगमा पक्राउ गरेको थियो। जुन घटनाको मह जोडीले पनि निन्दा गरेका थिए।

 

सम्बन्धित समाचार

भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा
भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा
  • २०८१ जेष्ठ १४, १४: ४३

काठमाडौं : भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा सहभागी हुन ऊनी काठमाडौ आएका...

नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन प्रधानमन्त्रीको आग्रह
नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन प्रधानमन्त्रीको आग्रह
  • २०८१ जेष्ठ १४, १४: ४३

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहजरुपमा सेवा दिँदै नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन निजामती कर्मचारीहरूलाई आग्रह गरेका छन्...

मधेशमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको पढाइ हुने
मधेशमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको पढाइ हुने
  • २०८१ जेष्ठ १४, १४: ४३

धनुषा : चिकित्सा शिक्षा आयोगले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस)का लागि ५० सिट निर्धारण गरेको छ ।...