काठमाडौं। न्यूरोड क्षेत्रको सडकलाई साँघुरो बनाउन लागिएको भन्दै स्थानीयले काठमाडौं महानगरपालिकाको विरोध गरेका छन्।
काठमाडौं महानगरपालिकाका मेयर बालेन साह (बालेन्द्र)ले सडक किनाराको केही भाग सडक पेटीमा गाभ्ने गरी अगाडि बढाएको योजनाको उनीहरूले सोमबार विरोध गरेका हुन्।
‘नयाँ सडक बचाऊँ’ भन्ने ब्यानर लिएर स्थानीय विरोधमा उत्रिएका थिए। यही विषयलाई लिएर महानगरपालिका र सडक विभागबीच शनिबार विवाद समेत भएको थियो।
महानगरपालिकाले अनुमति बिना न्युरोडको सडक काट्ने काम गरेको भन्दै सडक विभागले महानगरको सडक काट्ने मेसिन नियन्त्रणमा लिएको थियो। त्यसको बदलामा मेयर बालेन शाहले विभागको कार्यालय अगाडि एक ट्रक धुलो लगेर फाल्न लगाएका थिए।
काठमाडौं : भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा सहभागी हुन ऊनी काठमाडौ आएका...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहजरुपमा सेवा दिँदै नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन निजामती कर्मचारीहरूलाई आग्रह गरेका छन्...
धनुषा : चिकित्सा शिक्षा आयोगले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस)का लागि ५० सिट निर्धारण गरेको छ ।...