काठमाडौं। नेपाल सरकारका भूतपूर्ब सचिव लोकप्रसाद आचार्यको हालै निधन भएको भएको छ।
नेपाल सरकारको निजामति सेवातर्फ बिशिष्ठ श्रेणीमा पदोन्नती भई सुदूरपश्चिमको क्षेत्रिय प्रशासक भएपछि राजिनामा दिएर घरमै बसेका आचार्य ईलामको जीतपुरमा २०१५ माघ ५ गते जन्म भई झापाको मेचिनगर हुँदै पछिल्लो समय काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नं १० ट्याङ्लाफाँटमा बस्दै आएका थिए।
निजामति सेवामा रहँदा लोकप्रिय, निष्ठावान र अत्यन्त ईमान्दार प्रशासक भनेर चिनिएका आचार्य लामो समय पूर्बाञ्चल क्षेत्रिय हुलाक निर्देशनालय, गोश्वारा हुलाक र हुलाक सेवा बिभागमा कार्यरत थिए।
आफ्नै घरमा धेरै पुस्तकहरूको संग्रह गर्न रुचाउने उनका बिभिन्न समयमा शिक्षा, देश बिकास र अन्य बिषयका दर्जनौं लेख, रचना र पुस्तकहरू प्रकाशित छन्। उनका तीन छोरी, एक छोरा र श्रीमति छन्।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यबाहक सभापति डोलप्रसाद (डीपी) अर्यालले आफ्नो पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको बताएका...
काठमाडौं : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद मन्त्रालयमा पर्याप्त बजेट नभएको बताएका छन् । शुक्रबार शिक्षा, स्वास्थ्य तथा सूचना...
काठमाडौं : चलचित्र विकास बोर्डले मधेश प्रदेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने भएको छ । आगामी फागुन १३ देखि १५...