आगामी वर्षको बजेट १८ खर्ब ६० अर्ब ३० करोड – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
चालु बजेटको तुलनामा २१.५६ प्रतिशत बढी

आगामी वर्षको बजेट १८ खर्ब ६० अर्ब ३० करोड

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१–०८२ को लागि १८ खर्ब ६० करोड ३० लाख रुपैयाँको बजेट ल्याएको छ।

अर्थमन्त्री वर्षमान पुनले मगलबार दिउँसो संघीय संसदको संयुक्त सदनमा पेश गरेको आगामी आर्थिक वर्षको यो बजेट गत वर्ष सरकारले पेश गरेको बजेटको तुलनामा ६.२० प्रतिशतले बढी हो।

त्यस्तै सरकारले चालु आर्थिक वर्षको बजेट संशोधन गरेको थियो। सरकारले ल्याएको यो बजेट संशोधित चालु आर्थिक वर्षको तुलनामा २१.५६ प्रतिशतले बढी हो। जुन बजेट कार्यान्वयन हुने सम्भावना अधिक चुनौतिपूर्ण देखिन्छ।

सरकारले पेश गरेको बजेटमध्ये विकास बजेट भने अत्यन्तै कम अर्थात ३ खर्ब ५२ अर्ब ३५ करोड मात्र छ। जुन कूल बजेटको करिव १९ प्रतिशत मात्र हो।

सरकारले कूल बजेटको ६१.३१ प्रतिशत अर्थात ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ भने चालु तर्फ अर्थात प्रशासनिक र अनिवार्य दायित्व अन्तर्गत खर्च हुने गरी छुट्याएको छ।

त्यस्तै, स्थानीय तहलाई वित्तिय हस्तान्तरण अन्तरगत १९.७४ प्रतिशत अर्थात ३ खर्ब ६७ अर्ब १८ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ जेष्ठ १५, १७: ०६

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०८१ जेष्ठ १५, १७: ०६

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ जेष्ठ १५, १७: ०६

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...