बजेटले कर छुट गरेका यी हुन् कम्पनी, वस्तु र सेवा – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
आलु, प्याज, स्याउको मूल्य अभिवृद्धि कर खारेज

बजेटले कर छुट गरेका यी हुन् कम्पनी, वस्तु र सेवा

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा विभिन्न कम्पनी, बस्तु र सेवामा कर छुटको व्यवस्था गरेको छ।

अर्थमन्त्री वर्षमान पुनले मंगलबार पेश गरेको आगामी आर्थिक वर्षको बजेटमा स्देशी उद्योगलाई प्राथमिकता राखेर कर छुटको व्यवस्था गरेको छ।

बजेटमा औद्योगिक कच्चा पदार्थको आयातमा लाग्दै आएको करलाई घटाएर तयारी वस्तुको पैठारीमा लाग्ने महसुल कम्तीमा एक तह कम गरी स्वदेशी उद्योगलाई प्राथमिकतामा राखेको बताएका छन्।

यसका लागि औषधी, इन्डक्सन चुलो, धागो, अगरबत्ती, स्यानिटरी प्याड, काजु र बदाम, प्रशोधन तथा स्प्रिङ पत्ता बनाउने उद्योग लगायतको उद्योगमा लाग्ने कच्चा पदार्थको पैठारी महसुल र अन्तःशुल्क घटेको छ।

विदेशी पुँजी आकर्षित गर्न विदेशी बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण भुक्तानी गर्दा लाग्ने आयकर घटेको छ। लगानी सम्भाव्य मुलुकबाट लगानी ल्याउन दोहोरो कर मुक्ति सम्झौताको मोडल विकास हुने उनले बताए।

अन्तर्राष्ट्रिय तथा क्षेत्रीयस्तरमा गरिएका प्रतिबद्धता तथा सम्झौताबमोजिम लगानी प्रवर्द्धन र व्यापार प्रवर्द्धनका लागि नयाँ भन्सार ऐन तर्जुमा गरिने, सूचना प्रविधि उद्योगले आफ्नो नाफा पुँजीकरण गरेमा लाग्ने लाभांश करमा छुट हुने बजेटमा उल्लेख छ।

सरकारले व्यवसायको क्षमता विस्तारका लागि पुँजी वृद्धि गरेको अवस्थामा नियन्त्रणमा परिवर्तनका कारण लाग्ने करमा सहुलियत दिने भएको छ। यसबाट खासगरी स्टार्ट अप र भेन्चर क्यापिटल, प्राइभेट इक्विटि फन्ड लाभान्वित हुने सरकारको आङ्कलन छ।

दैनिक एक हजार लिटर भन्दा बढी दूध उत्पादन गर्ने पशुपालन फर्म तथा उद्योगले पैठारी गर्ने स्टिल मिल्क क्यानमा लाग्दै आएको १५ प्रतिशत भन्सार महसुल घटाई १ प्रतिशतमा ल्याइएको छ।

वनमारा, पात पतिङ्गर लगायत खेर जाने सामग्रीबाट बन्ने पिलेटको निकासीमा लाग्ने महसुल हटेको छ। कर विवादका कारण भोग्नु परेका समस्या एवं मर्काका सम्बन्धमा करदाताबाट गुनासो आइरहेको सन्दर्भमा कर निर्धारण लगायतका विषयमा अध्ययन गरी समस्या समाधान गरिने सरकारको घोषणा छ।

अपाङ्गता भएका व्यक्तिले पैठारी गर्ने स्कुटरमा मूल्य अभिवृद्धि कर फिर्ता दिने व्यवस्थाको सट्टा भन्सार विन्दुमा नै छुट दिने व्यवस्था गरिएको छ।

मूल्य अभिवृद्धि कर छुट दिइएका वस्तु र सेवाको सूची घटाउँदै स्वच्छ कर प्रणाली विकास गर्न र कराधार विस्तार गर्न केही वस्तुमा मूल्य अभिवृद्धि कर छुट दिने व्यवस्था खारेज भएको छ ।

आलु, प्याज, स्याउ लगायतका तरकारी एवम् फलफूलमा लागेको मूल्य अभिवृद्धि कर समेत खारेज भएको छ। यसबाट स्वदेशी उत्पादन संरक्षणमा टेवा पुग्ने सरकारको विश्वास छ।

आयकर प्रयोजनका लागि भौतिक उपस्थिति नभएको तर आर्थिक उपस्थितिलाई समेट्ने गरी बासिन्दाको परिभाषामा परिमार्जन भएको छ। यसबाट अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्मको बढ्दो प्रयोगबाट हुन सक्ने कराधारको क्षयीकरण रोक्ने आधार तयार हुने बताइएको छ।

सरकारले मदिरा, बियर, सुर्ती र चुरोटमा लगाइएको अन्तः शुल्क दर वृद्धि भएको छ। मूल्य अभिवृद्धि करमा दर्ताका लागि वस्तु र सेवाको मिश्रित कारोबारमा हाल रहेको थ्रेसहोल्डमा वृद्धि गरी तीस लाख पुगेको छ।

 

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ जेष्ठ १५, १८: २७

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०८१ जेष्ठ १५, १८: २७

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ जेष्ठ १५, १८: २७

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...