मधेश प्रदेश मातहतका संस्थान र कार्यालयको ६ वर्षमै ८ अर्ब बढी बेरुजु – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

मधेश प्रदेश मातहतका संस्थान र कार्यालयको ६ वर्षमै ८ अर्ब बढी बेरुजु

जनकपुर। मधेश प्रदेश मातहतका सरकारी कार्यालय तथा संस्थान र समितितर्फ ६ वर्षमै ८ अर्ब ३१ करोड ८ लाख ५८ हजार रुपैयाँ बेरुजु देखिएको छ।

महालेखापरीक्षकको प्रतिवेदन अनुसार मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई बुधबार महालेखापरीक्षकको कार्यालय मधेशका प्रमुख श्यामप्रसाद भण्डारीले बुझाएको छैटौँ वार्षिक प्रतिवेदनमा यति धेरै परिमाणमा बेरुजु देखिएको हो।

प्रतिवेदनअनुसार गत आर्थिक वर्षसम्म ६ अर्ब ७६ करोड २२ लाख २७ हजार बेरुजु थियो।

यो वर्ष ३० करोड ५६ लाख ११ हजार बेरुजु सम्परीक्षण भई ६ अर्ब ४५ करोड ६६ लाख १६ हजार बाँकी रहेकोछ।

जसमा आर्थिक वर्ष २०७९÷८० मा १ अर्ब ८५ करोड ४२ लाख ४२ हजार बेरुजु थपिएको छ ।

लेखापरीक्षण प्रतिवेदनमा ‘यो वर्ष प्रदेश मन्त्रालय, समिति र अन्य संस्थासमेत १४९ निकायको ४७ अर्ब ९५ करोड २१ लाख ३२ हजारको लेखापरीक्षण सम्पन्न भएको छ । जसमा बेरुजु १ अर्ब ८५ करोड ४२ लाख ४२ हजार बेरुजु कायम भएको छ । जुन लेखापरीक्षण अंकमा ३.८८ प्रतिशत हुन आउँछ’ भनिएको छ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८÷७९ भन्दा २०७९÷८० मा ०.६८ प्रतिशतले बेरुजु बढेको छ ।

प्रतिवेदनमा देखाइएको बेरुजुमध्ये ७ करोड ३१ लाख ३ हजार असुल गर्नुपर्ने, १ अर्ब ३३ करोड २५ लाख ७१ हजार नियमित गर्नुपर्ने, ३५ करोड ७९ लाख ४७ हजार अनियमित भएको, ९७ करोड ३९ लाख १२ हजार प्रमाण कागजात पेस नभएको र ४४ करोड ८५ लाख ६८ हजार पेस्की दिएको उल्लेख छ ।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ जेष्ठ १७, १४: ३२

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०८१ जेष्ठ १७, १४: ३२

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ जेष्ठ १७, १४: ३२

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...