
काठमाडौं। गृहमन्त्री रवी लामिछानेले सुन तस्करीसम्वन्धमा छानबिन गर्न गठीत आयोगले कारबाहीको सिफारिस गरेका एक जना विवादित सहसचिवलाई पुरस्कृत गरेका छन्।
गृहमन्त्रालयले बुधबार १६ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ)सहित २५ सहसचिवको सरुवा गरेको थियो। सो सरुवाको सूचीमा सुन तस्करीमा दोषी देखाइ कारबाही गर्न सिफारिसमा परेका सहसचिव अरुण पोख्रेललाई गृहमन्त्रालयबाट सरुवा गरेर पूर्वीनवलपरासीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको हो।
गृहको एउटा विभागमा कार्यरत कर्मचारीलाई जिल्लाको बागडोरको जिम्मेवारी दिएर पठाएका गृहमन्त्री लामिछानेले सुन तस्करी प्रकरणको दोषी कसैलाई पनि नछाड्ने भन्दै संसद र सार्वजनिक कार्यक्रममा बोले पनि उनको त्यो भनाई झुटो पुष्टि भएको छ।
आयोगले दोषी देखाई कारबाही गर्न सिफारिस गरेका पोखरेललाई गृहमन्त्री लामिछानेले कारबाही गर्नुको सट्टामा बचाउन लागेका छन्। यसबाट गृहमन्त्री लामिछानेको सुशासनको भाषण केवल भ्रम मात्रै भएको उनको व्यवहारले पुष्टि भएको छ।
सुन तस्करीको अनुसन्धान गरिरहेका प्रहरी अधिकृतहरुलाई कारबाहीको दायरामा ल्याउने भन्दै जिम्मेवारीबिहीन बनाइरहँदा लामिछानेले दोषी कर्मचारीलाई भने पुरस्कृत गरिरहेका छन्।
छानबिनको नाममा प्रहरी अधिकृतहरुको मनोबल गिराइरहेका गृहमन्त्रीले कर्मचारीलाई भने उत्कृष्ट जिम्मेवारी दिँदै छानबिन समितिको प्रतिवेदनको ‘उपहास’ समेत गरेका छन्।
एउटै आयोगको प्रतिवेदनअनुसार प्रहरीलाई जिम्मेवारबिहीन बनाइरँदा कर्मचारीलाई भने थप जिम्मेवारी दिनुलाई गृहमन्त्रीले प्रहरी संगठनप्रति गरेको पक्षपातपूर्ण व्यवहारलाई पुष्टि गरेको छ।
सहसचिव पोख्रेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार प्रमुख रहेकै समयमा २०७९ पुस १० गते इलेक्ट्रिक चुरोट ‘भेप’मार्फत् सुन तस्करी भएको थियो। तस्करीको समयमा जिम्मेवार पदमा रहेका पोख्रेल तस्करीमा संलग्न रहेको ठहर गर्दै छानबिन आयोगले कारबाहीको सिफारिस गरेको थियो।
अनुसन्धानको दायरामा नआएका सहसचिव पोखरेलमाथि छानबिन आयोगले अनुसन्धान गर्दा उनी पनि संलग्न रहेको ठहर गरी कारबाहीको सिफारिस गरेको थियो। भेप प्रकरणमा वेदप्रकाश अग्रवाल, साहेब राव मर्गले, अमृत कार्की र निर्मल विक पक्राउ परेका थिए।
उक्त सुन तस्करी छानबिन आयोग पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा पूर्वएआईजी सहकुल थापा, पूर्वसहसचिवद्वय किशोरजंग कार्की र प्रेमराज जोशी सदस्य रहनेगरी गठन गरिएको थियो । आयोगले गृहमन्त्री लामिछानेलाई चैत १ गते ४८५ पृष्ठको प्रतिवेदन बुझाएको थियो।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...