मापसे गर्यो भनेर सडकमा ठिङ्ग्याउनु वैयक्तिक अधिकारको हनन्– राज्य व्यवस्था समिति सभापति – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

मापसे गर्यो भनेर सडकमा ठिङ्ग्याउनु वैयक्तिक अधिकारको हनन्– राज्य व्यवस्था समिति सभापति

काठमाडौं। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई सडकमा ठिङ्ग्याउनु मान्छेको वैयक्तिक अधिकारको हनन भएको प्रतिक्रिया दिएका छन्।

खतिवडाले यसरी मापसे गरेकै आधारमा व्यक्तिलाई सडकमा उभ्याउने गृहमन्त्रीस्तरीय निर्णय गलत भएको पनि बताएका छन्। सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले ट्राफिक नियम उल्लंघन गर्नेलाई कानुनअनुसार मात्र कारबाही हुनुपर्ने बताए।

उनले यो बारेमा समितिमा छलफल अगाडि बढाउनुपर्ने जरुरी भएको आफूहरुले देखेको भन्दै उनले भने, ‘कानुनी राज्य भनेको राणा शासन होइन।’

केही दिनमै राज्य व्यवस्था तथा सुशासन समितिमा यसबारे छलफल हुने सभापति खतिवडाले बताए।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ जेष्ठ १८, ०९: ४२

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ जेष्ठ १८, ०९: ४२

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ जेष्ठ १८, ०९: ४२

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...