
काठमाडौं। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई वंशजको नागरिकता दिने र प्रतिलिपी दिने तत्कालीन दुईजना कर्मचारीलाई प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ।
धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहाललाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्ला अदालत धनुषाबाट पक्राउ गर्न अनुमति पाएको हो।
सिरोहियामाथि नागरिकता सम्बन्धी थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय धनुषाले उनीहरुलाई पक्राउ गर्ने भएको हो।
नागरिकता किर्ते सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहिया ९ दिनपछि हिरासतमुक्त भइसकेका छन्। उनलाई थुनामा राखेर अनुसन्धान गरिरहनु नपर्ने भन्दै धनुषा सरकारी वकिलको कार्यालयले सिरोहियालाई उनका छोरा सम्भव सिरोहियाको जमानतमा छाडेको हो।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...