
काठमाडौं। मन्त्रिपरिषदको विहीबार बसेको बैठकले तीन जना सहसचिवहरुको सचिवमा वढुवा गरेको छ।
मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारकी प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यस्तो जानकारी दिएकी हुन्।
मन्त्री शर्माअनुसार नेपाल न्याय सेवातर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा खेमराज ज्ञवाली, यमबहादुर बुढा मगर र भद्रकाली पोखरेललाई सरकारले बढुवा गरेको हो।
ज्ञवालीलाई नायवमहान्यायाधिवक्तामा, बुढा मगरलाई न्याय परिषद्को सचिव र पोखरेललाई सर्वोच्च अदालतको रजिष्ट्रार पदमा पदस्थापन गर्ने निर्णय गरेको मन्त्री शर्माले बताए।
मन्त्रीपरिषद्ले राष्ट्रपति श्री रामचन्द्र पौडेलले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी जेठ ३१ गतेदेखि स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिने त्यसपछि संघीय गणतन्त्र जर्मनीको भ्रमण गर्ने कार्यक्रमलाई समेत स्वीकृत गरेको छ।
बैठकले वन (दोस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ। त्यस्तै, तिलगङ्गा आँखा विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई सङ्घीय संसदसमक्ष पेश गर्न स्वीकृत दिने निर्णय गरेको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...