जनमत पार्टीको नेतृत्वमा मधेश प्रदेश सरकार गठनको सहमति – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

जनमत पार्टीको नेतृत्वमा मधेश प्रदेश सरकार गठनको सहमति

काठमाडौं। डा.सीके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेश सरकारको नेतृत्व गर्ने भएको छ।

पाँच दलबीच बिहीबार साँझ जनकपुरधाममा भएको सहमतिले यस्तो निष्कर्ष निकालेको हो।

नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नेकपा एकीकृत समाजवादी दलको सहभागितामा जनमत पार्टीको नेतृत्वमा सरकार बन्ने सहमति भएको हो।

सहमति पत्रमा एमाले संसदीय दलका नेता सरोजकुमार यादव, जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता महेश प्रसाद यादव र माओवादी केन्द्रको मधेश प्रदेश संसदीय दलका नेता भरत प्रसाद शाहले हस्ताक्षर गरेका हुन्।

मधेश प्रदेशमा यसअघि पाँच वर्षसम्म उपेन्द्र यादव नेतृत्वको जनता समाजबादी पार्टी नेपालका तत्कालिन प्रदेश संसदीय दलका नेता लालबाबु राउत मुख्यमन्त्री भएका थिए भने गत वर्ष २०७९ साल मंसिरमा भएको प्रदेश सभाको निर्वाचनपछि पनि जनता समाजबादी पार्टीका मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादब मुख्यमन्त्री छन्।

मुख्यमन्त्री यादव मधेश प्रदेशमा अल्पमतमा परेपछि सत्ता गठबन्धनसँग मिलेर मधेश प्रदेशमा जनमत पार्टीले सरकारको नेतृत्व लिने चाहना गरेको हो।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ जेष्ठ १८, १५: १९

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ जेष्ठ १८, १५: १९

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ जेष्ठ १८, १५: १९

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...