
काठमाडौं– प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्तासमीकरणमा कुनै समस्या नरहेको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपाल भेट्न जाँदै गरेको सूचना आफूलाई पहिले नै भएको बताएका छन्।
माओवादी केन्द्रको संसदीय दलको शुक्रबारको बैठकमा नेकपा एसका अध्यक्ष नेपाल कांग्रेस सभापति देउवालाई भेट्न गएको कुरा उठेपछि उनले यस्तो जवाफ दिएका हुन्।
उनले सत्तासमीकरणमा सल्लाह भएर नै पूर्वप्रधानमन्त्री नेपाल बुढानिलकण्ठ गएको बताएका थिए।
‘उहाँ सोधेरै जानुभएको हो’ प्रचण्डको भनाइ उदृत गर्दै एक सांसदले भने, ‘माधवजीहरू हामीसँगै हुनुहुन्छ, गठबन्धन पनि तलमाथि हुन्न।’
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...