
काठमाडौं। मधेस प्रदेशमा नेकपा (एकीकृत समाजवादी)ले प्रदेश सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी नेपाललाई साथ नदिने भएको छ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जसपा नेपालका प्रवक्ता एवम् कार्यकारिणी सदस्य मनिष सुमनबिचको भेटमा अध्यक्ष नेपालले सो जानकारी गराएका हुन्।
भेटमा अध्यक्ष नेपालले आफ्नो पार्टी केन्द्र सरकारमा रहेको र अन्य प्रदेशमा पनि सहभागी भएको बताउँदै यस्तो अवस्थामा विपक्षी गठबन्धनलाई सघाउन नमिल्ने स्पष्ट पारेका थिए।
भेटमा उनले आफ्नो पार्टीभित्र पनि समस्या भएको बताउँदै ‘मधेस प्रदेशको विपक्षी गठबन्धनमा जसपा नेपाललाई सघाउन मन भए पनि पार्टीका अन्य नेताहरूले गर्दा समर्थन गर्न गा¥हो हुने भयो’ भनी जवाफ दिएका थिए।
जसपा नेपालका प्रवक्ता सुमनले नेकपा (एस) मुख्यमन्त्री सरोज यादवलाई विश्वासको मत दिनेमा सकारात्मक रहेको दाबी गरे। अध्यक्ष नेपालले पार्टीको सचिवालय बैठकमा यसबारे छलफल गरी निर्णय लिने आफूलाई जानकारी गराएको समेत उनले बताए।
मधेसमा जसपा नेपालका मुख्यमन्त्री यादवले जेठ २३ गते विश्वासको मत लिँदैछन्। नेकपा (एस) अझै जसपा नेपाल नेतृत्वको सरकारमा सहभागी छ। जसपा नेपालले कांग्रेस, लोसपा नेपाल, एकीकृत समाजवादीले विश्वासको मत दिने दाबी गर्दै आएको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...