उपाध्यक्ष चाहिने पद होइन, मान्छेहरुका स्वार्थ विसाउने चौतारो हो –ओली – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

उपाध्यक्ष चाहिने पद होइन, मान्छेहरुका स्वार्थ विसाउने चौतारो हो –ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी र पार्टीका जनवर्गिय संगठनहरुमा उपाध्यक्ष पद जरुरी नभएको भन्दै मान्छेहरुको स्वार्थ विसाउने चौतारो मात्रै भएको टिप्पणी गरेका छन्।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित राष्ट्रिय युवा सङ्घ नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘अध्यक्ष एउटै हुने हो। उपाध्यक्ष ७ वटा चाहिने होइन, तैपनि पार्टीमा पनि छ उपाध्यक्ष। मान्छेहरूको स्वार्थ बिसाउने ठाउँ चाहियो नि त चौतारो। प्रदेश–प्रदेशमा उपाध्यक्ष चाहिँदैन। सकेसम्म सच्याउनुस् ।’

ओलीले युवा संघमा नेतृत्वको लफडा सुन्न नपरोस् भन्दै अप्ठेरो पर्यो भने पार्टीमा सोधे आफूहरुले कसलाई बनाउने भनिदिने बताए। उनले पार्टीका कार्यकर्ताहरुको कामको आफूहरुले मूल्याङ्कन गरेर बसेको तर नभनेको हो भनेर प्रष्ट पारे।

अर्को एक प्रसंगमा उनले काठमाडांै महानगरपालिकाका मेयर बालेन साहले असभ्य व्यवहार देखाएको भन्दै पार्टीका नेताहरुले समेत गलत कार्यप्रति बोल्न नसकेको टिप्पणी गरे।

महानगरका मेयर साहप्रति कटाक्ष गर्ने भने,‘म छक्क पर्छु कत्ति साह्रो कमजोर प्रवृत्ति होला, कसैले अर्काको ढोकामा लगेर फोहोर फ्याँक्छ, गलत गर्यो भनेर कसैले भन्न सक्दैन। के हालत होला?’

सडक निर्माणका विषयमा मतभेद भएपछि दबाब दिन काठमाडौँ महानगरपालिकाले गत साता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभाग सुपरिवेक्षण तथा अनुगमन कार्यालय अगाडि मेयर शाहको निर्देशनमा एक ट्रक धुलो लगेर खन्याएको थियो।

सो घटनापछि मेयर शाह र एमाले नेता उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठको सम्बन्ध चिसिएको थियो।

सोही घटनालाई लिएर ओलीले आपत्ति जनाएका हुन्। उनले सामाजिक सञ्जालमा रमाउने युवा पुस्ताले सही गलत निक्र्योल गरेर निर्धक्क भन्न नसकिरहेको पनि जिकिर गरे।

उनले भने, ‘असन्तुष्टि, आक्रोश, प्रतिक्रिया भनेको मलाई छिमेकीसँग चित्त बुझेन भने घरको फोहोर सबै लगेर उसको ढोकामा राखिदिने? यो कुनै सभ्यता हो? अनि आज योङ जेनेरेसनले त्यो कुरा भन्न सक्नुपर्दैन? उनीहरूको एउटा मण्डली हुन्छ, त्यसले वा जन्मिएछ एउटा बहादुर क्या बात लेख्छ। अनि अरु चुप लागेर बस्छन् झोक्रयाएर। यो त सभ्य तरिका भएन भनेर सत्य कुरा भन्न सकिँदैन? यो एउटा महत्वपूर्ण पोस्टमा बसेको मान्छेले गर्न मिल्ने व्यवहार होइन । त्यति पनि भन्न सकिँदैन ?’

उनले युवा सङ्घका नेता कार्यकर्तालाई नेतृत्व र पदका छनोटको लागि अप्ठेरो प¥यो भने आपसमा विवाद नगरी पार्टीमा सोध्न आउन आग्रह गरे। बाहिर नभने पनि कामको मूल्याङ्कन गरेर बसेको भन्दै उनले प्रदेश–प्रदेशमा उपाध्यक्ष आवश्यक रहेकाले सङ्गठनमा सच्याउन निर्देशन दिए।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ जेष्ठ २०, १५: ५७

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ जेष्ठ २०, १५: ५७

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ जेष्ठ २०, १५: ५७

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...